अर्थ ताजा खबर समाचार

राष्ट्रबैकले जित्यो १० लाख डलरको मुद्दा

राष्ट्रबैकले जित्यो १० लाख डलरको मुद्दा

Rasta Bank काठमाडौं, असार ७ । सन् २००८ मा नेपाल बंगलादेश बैंकमा एक चिनियाँको नामबाट आएको दश लाख डलरबारे अमेरिकाको अदातलमा चलेको मुद्दामा नेपाल राष्ट्रबैंक बिजयी भएको छ । अवैध रुपमा रकम आएको भन्दै राष्ट्रबैंकले कारबाही अघि बढाएका बेला नेपाली म’लका नागरिक असीम क्षेत्री खत्रीले अमेरिकी अदालतमा म’द्दा हालेका थिए । स्रोत नखुलेको दश लाख डलरको मुद्दामा अमेरिकाको स्टेट कोट अफ अपिलले नेपालको पक्षमा फैसला गरेको छ । राष्ट्र बैंँकले फैसलाको विवरण नेपाललाई प्राप्त भइसकेको छ ।

सन् २००८ मा भैसेपाटीस्थित बंगलादेश बैँंकमा दश लाख डलर रकम चिनियाँ नागरिक उ लिज्याङको नाममा आएको थियो । बैंकलाई स्रोतमाथि शंका लागेर अनुसन्धान गर्न राष्ट्र बैंकमा विवरण पठायो । स्रोत नखुलेको रकमको शंका लागेपछि राष्ट्र बैंकले अनुसन्धानका लागि पैसा रोकेको थियो । रकम रोकेपछि अदालतको आदेशमा अमेरिकास्थित राष्ट्र बैँकको खाताबाट दश लाख डलर रकम झिकेर भुक्तानी दिने तयारी भएको थियो । त्यसपछि राष्ट्रबैंकले कुटनीतिक नियोग प्रयोग गरी पैसा भ’क्तानी गर्न रोकेको थियो ।

nepal Bank Nepal Rasta Bank