मनोरञ्जन

‘लुकामारीको घिन्ताङ घिसीट्वाक !’ (भिडियो सहित)

‘लुकामारीको घिन्ताङ घिसीट्वाक !’ (भिडियो सहित)

यहि असार १० बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लुकामारी’को नयाँ गीत रिलिज भएको छ । कमेडी फ्लेभर रहेको उक्त गीतमा अभिनेता कर्माले स्वर दिएका छन् ।

 

प्रदर्शनको एक हप्ता अघि निर्माण टिमले गीत सार्वजनिक गरेको हो । गीतमा शब्द तथा संगीत विकास सिलवालको रहेको छ । कमेडि फ्लेभरको फिल्म ‘लुकामारी’मा सौगात मल्ल र कर्माको केहि फरक अवतार भएका कारण फिल्म चर्चामा रहेको छ । उक्त गीतमा फिल्म भित्रका केहि प्लटहरुलाई पनि स्थान दिईएको छ ।

 

श्रीराम दाहाल निर्देशित फिल्ममा सुरविना कार्की, रिस्ता वस्नेत, विक्रमसिंह थारु लगायत मुख्य अभिनयमा छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन रहेको छ ।

lukamari