खेल

थ्रिस्टार क्लब हार्यो

थ्रिस्टार क्लब हार्यो

 Anfa

काठमाडौं, असार २ । ललित मेमेरिय अण्डर १८ फुटबल अन्र्तगत बुधबार भएको खेलमा संकटा क्लबले थ्रिस्टारलाई ३–२ गोल अन्तरले  पराजित गरेको छ । बुधबार अपरान्ह भएको खेलको पहिलो हाफको १८ औ मिनेटमा संकटाका लागि दिपेन्द्र केसीले पहिलो गोल गरे त्यसको दश मिनेटमा थ्रिस्टारका खेलाडी अनुज सिंहले खेलको २७ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको ३७ औं मिनेटमा संकटाका सन्जोग राईले गोल गर्दे अग्रता कायम राख्यो ।

पहिलो हाफमा २–१ गोलले अगाडि रहेको संकटा भने दोस्रो हाफको ७७ र्औं मिनेटमा थ्रिस्टारका आदित्य शाक्यले व्यक्तिगत पहिलो गोल गर्दे खेल बराबरीमा फर्काए त्यस्तै खेलको ८८ औं मिनेटमा थ्रिस्टारका खेलाडीले संकटाका खेलाडीलाई डिबक्समा लडाएपछि संकटाले पेनाल्टी पायो पेनाल्टीको सदुपायोग गर्दै संकटाले थ्रिस्टारलाई ३–२ गोल अन्तरले पाखा लगायो

Anfa