खेल

चिली कोपा अमेरिकाको क्वार्टरफाइनलमा

चिली कोपा अमेरिकाको क्वार्टरफाइनलमा

Ck9M_4bXEAEXm8b असार १ । कोपा अमेरिका फटबलमा पानमामाथि ४–२ को जित हात पार्दै चिली अन्तिम आठमा पुगेको हो । अमेरिकाको पेल्सलभेनियामा भएको खेलमा पानामाले पाँचौ मिनेटमा नै कामार्गोको गोलबाट अग्रता लिएको थियो । तर, यसलाई धेरैबेर जोगाउन सकेन ।

Ck88t60WsAANbg7

१५ औं मिनेटमा भार्गासले गोल गरे । ४३ औं मिनेट उनैले दोस्रो गोल गरेपछि पहिलो हाफमा चिली २–१ को अग्रता लिन सफल भयो ।

Ck801NuW0AAP7ez

दोस्रो हाफको ५० औं मिनेटमा चिलीका एलेक्स सान्चेजले गोल गरे । ७५ औं मिनेटमा पानामाका लागि अरोयोले गोल गर्दै खेललाई ३–२ मा र्पुयाए । खेल सकिन एक मिनेट मात्र बाँकी छँदा सान्चेजले दोस्रो गोल गरेपछि चिली ४–२ गोल अन्तरले विजयी भएको छ । जितसंगै चिली ७ अंक कासाथ समुह चरणमा शिर्ष हुंदै अर्को चरणमा प्रवेश गरेको छ ।