मनोरञ्जन

अर्चनाकाे स्टार भ्यालू कति ?

अर्चनाकाे स्टार भ्यालू कति ?

र्चना पनेरुले सामाजिक संजाल मार्फत पोर्नस्टार बन्छु भन्ने अभिव्यक्ति दिएपछि रातारात भाइरल बन्न पुगिन् । त्यसपछिका दिनमा उनको जीवनमा व्यस्तता छायो । एकाएक म्यूजिक भिडियोहरुमा पनि देखिन थालिन् । उनले खेलेका भिडियोहरु यूट्यबमा भाइरल बने । धेरै अनलाइन मिडियाहरुले अन्तरवार्ता पनि लिए । उनी बजारकी हट केक बनिन् ।

 

उनको चर्चा चुलिदै गएपछि नेपालका नाम चलेका निर्माता निर्देशकहरु उनलाई फिल्ममा खेलाउँन तम्सिए । जसरी अनलाइनमा उनको अश्लिल तस्विरहरु र भिडियो भाइरल बन्यो त्यसै गरी उनले अभिनय गरेका चलचित्रले पनि राम्रो बजार लिने आशा गरेको थिए निर्माता सुरज प्रधान र शंकर कार्कीले । छेस्को चलचित्रमा अभिनय गराउन निर्माताले अर्चनालाई भनेजति पारिश्रामिक दिए । उनलाई स्टार झैँ फोकस गरे । नंग्याएर फिल्मको पोस्टरमा अर्चनालाई हाईलाईट गरियो । अर्चनाको किस र भल्गर सिन ट्रेलरमा हाइलाइट गरियो र ट्रेलर भाइरल बन्यो । प्रचार–प्रसार गजब कै भयो । जेठ २१ गते फिल्म रिलिज पनि भयो । त्यसपछि दर्शकले अर्चनाको स्टार भ्यालु देखाइदिए । अर्चनाको पहिलो चलचित्र छेस्कोले राम्रो व्यापार गर्न सकेन । अन्तत फिल्म फ्लप भयो । फिल्म हलमा हेर्न दर्शक गएनन् । अर्चना केवल यूट्यब तथा सामाजिक संजालकी सेलिब्रेटि मात्र भइन ।

archana paneru