मनोरञ्जन

ह्यामिल्टनले सर्वोत्कष्ट एघार अवार्ड हात पार्यो

ह्यामिल्टनले सर्वोत्कष्ट एघार अवार्ड हात पार्यो

ह्यामिल्टन एल्बमले आइतबार राती भएको एक कार्यक्रममा ११ वटा विधामा  अवार्ड संकलन गरेको हो । ब्रोडवे सांगीतिक साँझमा भएको ७० औँ टोनी अवार्ड कार्यक्रममा उत्कृष्ट अर्वाड हात पारेकाे हो । उक्त एल्बम महिना भरीको बेस्ट सेलिङ रहेको थियो । संगीतक अभिनेता यस एल्बममा अभिनय गर्ने लिसाइल ओडम जनियरले आरोन वर्नको जीवन्त अभिनय गरेर उत्कृष्ट अभिनेताको अवार्ड हात पारे ।

 

सांगीतिक सर्वश्रेष्ठ पुस्तक, यसको कथा जीवन्त भएकाले उसले सांगीतिक सर्वश्रेष्ठ पुस्तकको पुरस्कार पनि हात पार्र्न सफल भयो । उत्कृष्ट संगीतक दिशा, ह्यामिल्टनको कथा सबैको जीवनसँग मेल खाने थियो । त्यसैले थोमस केलले उत्कृष्ट संगीतिक दिशा दिएर अर्काे अवार्ड ह्यामिल्टनको हात पारिदिए । उत्कृष्ट अभिनेत्री, उक्त एल्बमको लागि रेनइस्लो गोल्डसवरी ह्यालमिल्टनको नजिकको साथीका साथै तथा बुहारीको भुमिकामा अभिनय गरेकी थिइन् त्यसबाट उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् । उक्त एल्बमले प्राप्त गरेका अन्य अवार्डहरु सर्वोउत्कृष्ट संगीत, सर्वोउत्कृष्ट स्कोर, संगीतिक विशेष अभिनेता, उत्कृष्ट संगीत सयोजन, उत्कृष्ट नृत्य निर्देशन, उत्कृष्ट फेसन डिसाइन, उत्कृष्ट लाइट इफेक्ट विधामा रहेका छन् ।

Hamilton Hamilton award