मेरो परिवार मेरो कथा समाज

नैनाकलाले खोलिदिइन् बादलको पोल, अर्कैलाई ताकेकोदेखि आफुले हानेकोसम्म

नैनाकलाले खोलिदिइन् बादलको पोल, अर्कैलाई ताकेकोदेखि आफुले हानेकोसम्म

बुबाआमाले नैनाकलाको स्विकृति नलिइ उनको विहे अर्कैसंग गराइदिने पक्का गरिसकेका थिए । उमेरलेपनि नैनाकला २४ पुगिसकेकी थिइन् । त्यतिबेला २४ बर्षका अविवाहित केटीलाई बुढीकन्या भन्थे । उनी स्कुलपनि पढाउंथिन्, पार्टीको महिला संघमा पनि सक्रिय थिइन् । बुबाले सरकारी जागिरे केटासंग नैनाकलाको विहेका लागि मगर परम्पराअनुसार ठेकी लिइदिनुभएछ । नैनाकलालाई आपत् प¥यो । पार्टीका साथीले पार्टीकै साथीसंग बिहे गर्दा राम्रो हुंने सुझाइरहेका थिए । उनलाईपनि त्यस्तै वैवाहिक जीवन सुरक्षित होला भन्ने लाग्यो । रामबहादुर थापासंग विहे गर्दा राम्रो हुने भन्ने चर्चा चल्यो । तर बुटवलकी नैनाकलाको चितवनका रामबहादुर थापासंग भेट भएको थिएन । बिहेका लागि परिवारले ठेकी बुझेपनि नैनाकलाले बिद्रोह गरिन् । प्रचण्डलगायतका नेताहरु घरमै पुगेर नैनाकलाका बुबाआमालाई सम्झाइबुझाइ गरेका रहेछन् । नैनाकला र रामबहादुर थापासंग ०४० साल मंसिर १२ गते भारतको जनकपुरमा जनबादी बिहे भयो । आमा त यति राम्रो केटो पाई भनेर मख्ख पर्नुभएछ ।

थापा ह्याण्डसम थिए र छन् पनि । तर, बुढीसंगपनि जब्बर । बोल्दै न बोल्ने । रमाइलोपनि नगर्ने । बाहिरफेर घुम्नपनि नजाने । प्रचण्ड भेटिए खुब गफिने, अघिपछि बोल्दै नबोल्ने । नैनाकलालाई दिक्कै लाग्ने । कतिसम्म भने बादललाई के बोल्दा चित्त बुझ्ने हो भन्ने कुरा उनकै भाइहरुलाई समेत पत्तो हुंदैन । अहिलेपनि भाइहरु दाइका अगाडि बोल्न डराउंछन् । टिभीमा बक्सिङमात्रै हेर्ने बादलको बानी अझै हटेको छैन । नैनाकलालाई डाङडुङ मन नपर्ने । उनी भन्छिन्, ‘कत्ति हेरेको भन्छु, मान्नुहुन्न ।’ पहिले चुरोट, खैनी खाएर हैरान पार्दथे । अहिले छाडेछन् ।

बादललाई बुढी रिसाएपनि मतलब हुंदोरहेनछ । कहिलेकाहीं ठाकठुक परे बादल घुर्काएरै बस्दा रहेछन् । बुढीले फकाएपछि मात्र बोल्न थाल्दारहेछन् । नैनाकलाले एकपटक बादललाई पिटेकीपनि रहिछन् । रिस उठेपछि मुड्काइदिएको उनी बताउंछिन् । पहिलेपहिले नैनाकलाका लुगा धोइदिन्थे । स्वास्नीका लुगा धोएको भनेर उनलाई खिस्साउंदा रहेछन् बाहिरकाले । लुगाफाटा चिटिक्क मिलाएर लगाउने स्वभाव भएपनि कपडा आफैं किन्दा रहेनछन् । सेन्डोदेखि पेन्टीसम्म नैनाकलाले नै किनुदिनुपर्दोरहेछ ।

रक्सी अहिलेपनि खान्छन् । प्रचण्ड र किरणसंग बसेर बढी खान्थे पहिले । सम्बन्ध सधैं उस्तै हुंदैन । अहिले यि तीन नेताको बसउठ बाक्लो छैन । साथीभाइकोमा जांदा टन्नै पिउने गरेको नैनाकलाले लुकाइनन् । परम्परा र परिवारसंग बद्रोह गरीगरी नैनाकलाले बादलसंग बिहे गरेकी थिइन् । तर बादल उनीसंग सधैं इमान्दार हुन सकेनन् । माओवादीले युद्ध थालेसंगै बादलको पार्टी नेतृसंग लसपस भएछ । उनको बैबाहिक जीबन धरापमा पर्यो । धन्न पार्टीको सुझबुझले थप दुर्घटना हुन पाएन । एउटै पार्टीमा भएकालेपनि ति नेतृसंग नैनाकलाको भेट भइरहन्छ । भेटघाट र बोलचाल हुन्छ । सधैं तुस राखेर नहुने उनको भनाइ छ ।

(नयांपत्रिकामा खगेन्द्र पन्तले नैनाकला थापासंग गरेको कुराकानीमा आधारित)

Badal maobadi