मनोरञ्जन

गोपिकृष्णबाट 'गाजलु' निकालियो

गोपिकृष्णबाट 'गाजलु' निकालियो

गोपिकृष्ण मुभिजका हलबाट फिल्म ‘गाजलु’लाई निर्माण पक्षले नचलाउने निर्णय गरेका छन् । राजधानीका दर्शकलाई केन्द्र मानिने गोपिकृष्ण हलमा दुई हल हाउफूलपछि दर्शक ओभररफ्लो हुँदा पनि अर्को हलको माग गर्दा नदिएपछि दिवा शो बाट फिल्म निकालिएको हाे ।

 

मर्निङ शोमा फिल्म ‘गाजलु’लाई हेर्न आएका सयौ दर्शकहरुलाई ‘हल प्याक’ भएको भन्दै अन्य फिल्मको टिकट थमाएपछि गोपिकृष्णबाट गाजलुलाई नलगाउने निर्णय गरीएको निर्माता रोहीत अधिकारीले बताए । बिहानको शो चलाए पनि दर्शकहरुका फ्लो अनुसारको हल उपलब्ध नगराएको कारण निर्माता रोहीत अधिकारीले ११ बजेको शोदेखि ‘गाजलु’ लाई गोपिकृष्णमा नलगाउने निर्णय गरेका हुन् । तर, गोपिकृष्ण बाहेकका अन्यहलहरुमा भने उक्त फिल्म लागिरहेको छ । आफ्ना दर्शकहरुलाई पनि गोपिकृष्ण मुभिजका फिल्महरु र किनेर ल्याएका बलिउड फिल्महरुका लागि गाजलु फिल्मलाई ठूलाे हल नदिएकोमा निर्माता रोहीत अधिकारी आक्रोशित भएको हुन् । गोपिकृष्ण हलले आफूहरुलाई अन्याय गरेको बताउँदै सबै दर्शकहरुसँग क्षमा माग्दै उक्त हलमा गाजलु फिल्म शो नगरीने जानकारी गाराएका छन् ।

ADVERTISEMENT