मनोरञ्जन

फान अवार्डको मनोनयन सार्वजनिक, 'प्रेमगीत' १५ विधामा अरु कति (सूची सहित)

फान अवार्डको मनोनयन सार्वजनिक, 'प्रेमगीत' १५ विधामा अरु कति (सूची सहित)

जेठ - २८, नेपाल चलचित्र कलाकार संघ 'फान'ले गर्न लागेको फिलम अवार्डको बिहिबार उत्कृष्ट मनोनयन सार्वजनिक गरेको छ। फानले उत्कृष्ट पाँच मनोनयनमा परेकाहरूबाट असोज १८ गते सर्वोत्कृष्ट घोषणा गरिनेछ।

 

फानले सार्वजनिक गरेको अवार्ड मनोनयनमा कुल २४ विधा मध्ये सबैभन्दा बढि 'प्रेमगीत' १५ विधामा मनोनित भएको छ। त्यसैगरी 'प्रेमगीत'पछि 'क्लासिक', 'वडा नम्बर ६' क्रमश: १०, ९ र ९ विधामा मनोनित भएका छन्। उत्कृष्ट फिल्म 'कबड्डी कबड्डी', 'क्लासिक', 'पशुपति प्रसाद', 'प्रेमगीत' र 'ड्रिम्स'ले एकअर्कासँग प्रतिस्पर्दा गर्नेछन्। सूचिमा दयाहाङ राई 'कबड्डी कबड्डी', खगेन्द्र लामिछाने 'पशुपति प्रसाद', प्रदिप खड्का'प्रेमगीत', आर्यन सिग्देल'क्लासिक' र सौगात मल्ल'फन्को' उत्कृष्ट अभिनेताको परेका छन ।

 

अभिनेत्रीतर्फ केकी अधिकारी 'भाग् सानी भाग', निता ढुंगाना 'फूलै फूलको मौसम तिमीलाई', नम्रता श्रेष्ठ 'क्लासिक', प्रियंका कार्की 'फन्को' र रिश्ता बस्नेत 'रिफ्यूजी' मनोनयनमा परेका छन ।

 

अवार्ड समारोह असार १८ गते काठमाडौंमा हुँदैछ। सञ्चार सचिव दिनेश थपलियाको हातबाट ट्रफी अनावरण गर्दै नोमिनेशन सार्वजनिक गरिएको थियो । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, एवं अर्का बरिष्ठ पत्रकार प्रकाश सुबेदी, निर्देशक लक्ष्मी नाथ शर्मा, कलाकार हरिहर शर्मा र संगीतकार सुरेश अधिकारी अवार्डका जुरी हुन्। सूची  

FAAN Award
ADVERTISEMENT