मनोरञ्जन समाचार

बलिउडमा रानी मुखर्जीको पुनरागमन

बलिउडमा रानी मुखर्जीको पुनरागमन

वाह गरेर आमा बनिसकेकी बलिउड अभिनेत्री रानी मुखर्जी लामो समयदेखि चलचित्रमा देखिएकी छैनन् । छोरी हुर्किएपछि चलचित्रमा फर्कने घोषणा गरेकी रानीलाई अब भने चलचित्र ‘बेफिक्रे’ मा देख्न पाइनेछ । रानीकै निर्देशक श्रीमान् आदित्य चोपडाले निर्देशन गरिरहेको यो चलचित्रमा रानीसँगै उनका छोरा–छोरी तथा आदित्यकी आमा पामेला चोपडाले समेत अभिनय गरेका छन् ।

 

हाल पेरिसमा छायांकन भैरहेको यो चलचित्र आदित्य चोपडाका यसअघिका चलचित्रभन्दा पृथक भएको बताइन्छ । चलचित्रमा बोल्ड दृश्यहरूका साथै अभिनेता रणबीर सिंहको न्यूड शटसमेत समावेश रहेको बताइन्छ । रणवीरले नयाँ अभिनेत्री वाणी कपूरसँग अनस्क्रिन रोमान्स गरेका छन् । यो चलचित्र आगामी डिसेम्बर देखि प्रदर्शनमा आउनेछ ।

Rani Mukarjee
ADVERTISEMENT