खेल

कोपा अमेरिका कपमा अमेरिकाको पहिलो जित

कोपा अमेरिका कपमा अमेरिकाको पहिलो जित
copa जेठ २६ । कोपा अमेरिका कप अन्र्तगत बुधबार भएको खेलमा आयोजक अमेरिकाले कोष्टारिकालाई ४–० गोल अन्तरले पराजित गरेको छ । अमेरिकाले पहिलो हाफको नवौं मिनेटमा डेम्पसीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । क्रिष्टिन आम्बोओले बोबी वुडलाई डिबस्समा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । त्यस्तै अमेरिकाले ३७ औं र ४२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा ३–० को अग्रता लियो । दोस्रो हाफमा भने कोष्टारिकाले सम्हालिएर खेल्यो । दोस्रो हाफको ८७ औं मिनेटमा अमेरिकाका लागि जुसीले गोल गर्दै खेलमा ४–० को जित हात पार्यो ।

Copa America Foodball