खेल

एन्फाका तात्कालिन अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा फुटबल हुने

एन्फाका तात्कालिन अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा फुटबल हुने

Anfa काठमाडाै‌ जेठ २६ । एक वर्षअघि निधन भएका अखिल नेपाल फुटबल संघ एन्फाका तत्कालिन कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सम्झनामा ललित मेमोरियल अण्डर एटीन फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आगामी शनिबारबाट काठमाडाै‌मा सुरु हुने प्रतियोगितामा देशभरिका विभिन्न १२ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद ३ लाख र द्वितीय हुने टिमले १ लाख ५० हजार नगद प्राप्त गर्ने एन्फाले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल एन्फा टेक्निकल मैदानमा र अन्य खेल दशरथ रंगशालामा हुने जनाइएको छ । उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने छ ।

Anfa