मनोरञ्जन विदेश

भारतिय हाँस्य कलाकार राजपाल यादवलाई जेल सजाय

भारतिय हाँस्य कलाकार राजपाल यादवलाई जेल सजाय

जेठ १३ । राजपाल यादवलाई १५ जुलाईसम्म तिहाड जेलमा आत्मसमर्पण गर्न दिल्ली उच्च अदालतले निर्देशन दिएको छ । साथै सन् २०१३ को बाँकी ६ दिन जेल सजाय भोग्नसमेत आदेश दिएको छ । सन् २०१० मा यादवले दिल्लीका एक व्यापारीसँग फिल्म बनाउनका लागि पाँच करोड ऋण लिएका थिए । यादवले ऋण पनि नतिरेको उल्टै दुव्र्यवहार गरेको भन्दै ती व्यापारीले उनीविरुद्ध उजुरी दायर गरेका थिए ।

 

पछि यादवले यस्तो शपथपत्र तयार पारे, जसमा उनकी श्रीमतीको झुठो हस्ताक्षर भएको र शपथपत्र नै झुठो भएको अदालतले ठहर गर्यो । त्यसपछि उनलाई शपथपत्र उल्लंघनको कारवाही भयो । आफ्नो आचरणबारे स्पष्टिकरण दिन पर्याप्त समय दिँदा पनि यादवले बारम्बार झुठ बोलेपछि सन् २०१३ मा उनलाई जेल सजाय तोकियो । यादवको निवेदनका आधारमा अदालतले कारवाही बाँकी रहने सर्तमा चार दिनमै रिहा गर्यो । सो कारवाही पुरा गर्नका लागि उनी अब ६ दिन जेल बस्नुपर्नेछ ।

Rajpal Yadav राजपाल यादव