खेल

मोहम्मद अलीको अन्तिम संस्कार शुक्रबार

मोहम्मद अलीको अन्तिम संस्कार शुक्रबार
Ali जेठ २३ । बक्सिङ खेलका महान खेलाडी मोहोमद अलीको आगामी शुक्रवार अन्तिम संस्कार गरिने भएको छ । अलीको पारिवारीक स्रोतका अनुसार आगामी शुक्रवार अमेरिकाको केन्टकीस्थित अलीकै गृहनगर लुईसभिलमा अन्तिम श्रदाञ्जली दिएपछि अलीको अन्तिम संस्कार गरिनेछ । श्वासप्रश्वास सम्बन्धि समस्या बढेपछि अलीलाई गत शुक्रवार फिनिक्सको एक अस्पतालमा भर्ना गएिको थियो । ३२ वर्षदेखि पार्किन्सन रोगबाट पीडित अलीलाई श्वासप्रश्वास सम्बन्धि समस्या थपिएपछि उपचारकै क्रममा शुक्रवार राती उनको निधन भएको हो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अलीलाई अहिलेसम्मकै महान बक्सरको संज्ञा दिंदै उनको मृत्युले विश्वलाई नैं स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् । त्यसैगरी पूर्व राष्ट्रपति बिल क्लिन्टन, बेलायती प्रधानमन्त्री डेभिड क्यानमरुन, पुर्व बक्सरहरु माईक टाईसन, जर्ज फोरम्यान, गल्फ खेलाडी टाईगर उड्स, वरिष्ठ संगितकार सर पउल क्याक्कार्ट्नी लगायतले अलीप्रति समवेदना प्रकट गरेका छन् ।

Boxing Mohamad Ali