अर्थ शेयर

साताको नेप्से परिसूचक ४ दशमलब १३ अंकले घट्यो

साताको नेप्से परिसूचक ४ दशमलब १३ अंकले घट्यो
जेठ – २२, साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४ दशमलब एक तीन अंकले घटेर अन्तिम दिन १५ सय १८ दशमलब एक दुई विन्दुमा पुगेको छ । stock market crash यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ४८ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७ हजार ६ सय ३४ कारोबारबाट ५ अर्ब ९५ करोड ५१ लाख २२ हजार रुपैयाँ बराबरका १ करोड ३ लाख ६६ हजार ९ सय ३० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १६ दशमलब छ तीन प्रतिशत कम हो । गत साता १ सय ४७ कम्पनीहरुको कारोबार भएको थियोे । शेयरबजारमा सूचीकृत समूहमध्ये होटेल, जलविद्युत तथा उत्पादनमुलक समूहका परिसूचक सकारात्मक रहेका छन् । वाणिज्य बैंक, बीमा, वित्त तथा विकास बैंक समूहका परिसूचक भने नकारात्मक रहेका छन् ।