खेल

कोपा अमेरिका कप फुटबलमा कोलम्बियाले अमेरिकालाई हरायो

कोपा अमेरिका कप फुटबलमा कोलम्बियाले अमेरिकालाई हरायो
  Copa America जेठ २२ । कोपा अमेरिका कप फुटबलको पहिलो खेलमा कोलम्बियाले संयुक्त राज्य अमेरिकालाई २–० को गोल अन्तरले पराजित गरेको छ । क्यालिफोर्नियाको सान्ता क्लाराको लेभिज स्टेडियममा भएको खेलमा कोलम्बियाका क्रिस्टेन जापाटाले पहिला हाफको ७ मिनेटमा पहिलो गोल गरेका थिए भने जेम्स रोड्रिगेजले ४१ मिनेटमा अर्को गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । घरेलु दर्शक माझ भएको खेलमा अमेरिकाले गोल गर्ने थुप्रै अवसर पाएपनि बललाई गोलमा भने परिणत गर्न सकेन । कोलम्बियाका जापाटा म्यान अफ दि म्याच भए । प्रतियोगिता अन्र्तगत आइबार तिन खेल हुने छन् ।  

Copa America Foodball