विदेश

भारतमा प्रहरीमाथि हमला एसपी सहित २४ को मृत्यु

भारतमा प्रहरीमाथि हमला एसपी सहित २४ को मृत्यु
Bharat काठमाडौं जेठ २१ । भारत उत्तर प्रदेशको मथुरामा अतिक्रमित सरकारी जमिन खाली गराउन गएका प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा एक एसपीसहित २४ जनाको मृत्यु भएको छ । बिहीबार राति बस्ती हटाउन प्रहरीको टोली मथुराको जवाहरवाग पुगेको थियो । प्रहरी र स्थानीयबीच झडप भइरहेका बेला एक्कासी गोली चल्यो । गोली लागेर एसपी मुकुल द्विवेदी, सन्तोषकुमार यादवसहित २४ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मुख्यमन्त्री अखिलेश यादवले मृतक प्रहरीलाई सहिद घोषणा गर्दै २० लाख रुपैयाँ राहत दिने बताएका छन् । प्रहरीले अतिक्रमणमा परेको २ सय एकडा जग्गा खाली गराएको र सर्च अपरेशन गर्दा हतियारको भण्डारसमेत फेला परेको दाबी स्थानीय प्रशासनले गरेको छ । जमिन कब्जा गरेको सत्याग्रही संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको चुनाव रद्द गर्न, एक रुपैयाँमा पेट्रोल ६० लिटर र डिजेल ४० लिटर बिक्री गर्न माग गर्दै आएको छ ।