स्वास्थ्य

पसिनाको दुर्गन्धले चिन्तित हुनुहुन्छ ? यसाे गर्दा राम्राे

पसिनाको दुर्गन्धले चिन्तित हुनुहुन्छ ? यसाे गर्दा राम्राे
  sweat काखी र खुट्टा गन्ह्याउने समस्या कारण गर्मीयाम अधिकांशलाई अभिशापजस्तै बन्छ । गर्मी महिनामा अत्याधिक पसिना आउने समस्याले सबैजसो मानिसलाई सताउँछ । दैनिक नुहाइ–धुवाइ गरेर कपडा फेर्दा पनि पसिनाको दुर्गन्धबाट बच्न सकिरहेका हुँदैनन् । पसिनाले शरीरमा छाड्ने दुर्गन्ध हटाउन कतिपयलाई पर्फयुमले पनि सहयोग पुर्याएको पाइन्न । तर, केही यस्ता घरेलु उपाय अपनाउन थाल्यो भने यो समस्याबाट छुटकारा पाउन मुस्किल छैन । मह नुहाउनेबित्तिकै पानीमा एक चम्चामा मह मिलाएर काखीमुनि सफा पानीले पखाल्दा राम्रो मानिन्छ । महले पसिनाको दुर्गन्ध हटाउछ र दुर्गन्धबाट बच्न सहयोग गर्छ ।  गुलाब जल पसिनाको दुर्गन्धलाई भगाउने सबैभन्दा सजिलो तरीका हो गुलाबजल । यसका लागि नुहाउने पानीमा केही थोपा गुलाबजल मिसाएर नुहाउँदा राम्रो हुन्छ । गुलाब जलमिश्रित पानीले नुहाएमा यसले शरीरमा लामो समयसम्म पसिनामा दुर्गन्ध आउन दिँदैन । यसले एक प्राकृतिक डियोड्रेण्डको कामसमेत गर्छ । कागती कागतीको प्रयोग पसिनाको दुर्गन्ध हटाउने राम्रो उपाय हो । यसले छालामा रहेको पीएच लेभल घटाउँछ, जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोकेर दुर्गन्धबाट मुक्ति दिलाउँछ । यसका लागि कागती काटेर यसको आधा भाग काखीमुनि दल्नुपर्छ । कागतीको रस निचोरेर त्यसलाई नरम कपडामा राखेर पनि लगाउन सकिन्छ । नीमको पात नीमको पातले पनि शरीरमा दुर्गन्ध फैलन रोक्छ । दुर्गन्धको साथमा नीमको पातले शरीरमा फैलिएको ब्याक्टेरियासमेत हटाउँछ । यसका लागि थोरै नीमको पात पानीमा उमालेर छान्नुपर्छ । त्यसपछि नुहाउने बेलामा अरू पानीमा त्यसलाई मिसाएर नुहाउनुपर्छ । यो पानीले नुहाएमा पसिनाको दुर्गन्धबाट मुक्ति पाउन सकिन्छ । बेकिङ सोडा पसिनाको दुर्गन्ध हटाउन अर्को घरलु उपाय हो बेकिङ सोडा । यसलाई काखीमुनि लगाउँदा सबै दुषित पदार्थ सोसेर सफाइ गर्छ । यसले बडी अर्डरको समस्याबाट मुक्ति दिन्छ । घरमा भएको बेकिङ सोडा सामान्य रूपमा प्रयोग गर्ने बानी बसाल्यो भने दुर्गन्ध वरपर पर्दैन । पुदिना पुदिनाको सहयोगले पनि पसिनाको दुर्गन्ध हटाउन सकिन्छ । पुदिनाको पात उमालेर त्यसलाई छानेर नुहाउने पानीमा मिसाएर प्रयोग गर्दा यसले पसिनामा रहेको ब्याक्टेरिया निष्क्रिय बनाउँछ । यसको प्रयोगले शरीरमा ‘फ्रेसनेश’ पनि आउँछ । बेसन बेसन पनि पसिनाको दुर्गन्ध हटाउने भरपर्दो उपाय हो । थोरै बेसनमा दही मिसाएर बनेको पेष्ट पसिना आउने अङ्गमा लगाउँदा पनि पसिनाबाट आउने दुर्गन्ध हट्छ । यो पेष्टलाई नुहाउनुभन्दा अघि शरीरमा लगाउनुपर्छ । १० मिनेटपछि त्यसलाई पखाल्नुपर्छ । यसले दुर्गन्धयुक्त पसिना बाहिर निकाल्छ र दुर्गन्धबाट मुक्ति दिन्छ । हाइड्रोजन पेरोक्साइड हाइड्रोजन पेरोक्साइडको प्रयोग पनि पसिनाको दुगन्धबाट बच्ने सरल उपाय हो । यसलाई एक चम्चा आधा कप पानीमा मिसाएर दिनमा तीन÷चारपटक काखीमुनि लगाउँदा शरीरबाट निस्कने दुर्गध निर्मूल हुन्छ । एजेन्सी

Nepal aaja sweat Sweat problem solution