खेल

बंगलादेशमा जारी यू–१८ बास्केटबलमा नेपालको दोहोरा जित

बंगलादेशमा जारी यू–१८ बास्केटबलमा नेपालको दोहोरा जित
bas काठमाडौं २० जेठ । बंलादेशको ढाकामा भइरहेको फिबा एसिया यू–१८ क्वालिफाइङ च्याम्पियनसिपमा नेपालले बुधबार दोहोरा जित निकालेको छ । Basketbal पहिलो खेलमा नेपालले श्रीलंकालाई ६५–६४ ले पराजित गर्यो । नेपालले कुनै पनि स्तरको खेलमा श्रीलंकालाई हराएको यो पहिलो हो । नेपालले १६–१०, १४–१५, १४–२३ र २१–१६ स्कोर गर्यो । नेपालको जितमा आशिष बस्नेतले २६ अंक योगदान गरे । अर्को खेलमा नेपालले बंगलादेशलाई ५७–५४ ले हरायो । नेपालले १५–५, १८–१८, १४–१३ र १०–१८ अंक जोड्यो । Basketball नेपालका लागि निश्चल महर्जनले १५ अंक बटुले । चार राष्ट्र सहभागी प्रतियोगिताको अन्तिम दिन बिहीबार नेपालले भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

Basketball Nepal