कभर स्टोरी मनोरञ्जन मेरो परिवार मेरो कथा

किन सकेनन् भुवनले श्रीमति रिझाउन

किन सकेनन् भुवनले श्रीमति रिझाउन

न बुढो भएपनि मन बुढो हुंदैन भन्ने उखान नायक भुवन केसीलाई मिल्ने देखिन्छ । ६० बर्ष पुग्दापनि भुवन केसी युवती र महिलासंगको सम्बन्धका कारण चर्चामा आइरहन्छन् । अचम्म त के भने स्त्री पट्याउन सिपालु यि नायक सम्बन्ध टिकाइरहन भने कमजोर सावित भइसकेका छन् । भुवनले औपचारिकरुपमा दुईवटा श्रीमती बनाए । तर, दुबैले उनको घरबार छोडे ।

सन् १९५७ मा जन्मिएका भुवनको रंगमञ्चको यात्रा गायकका रुपमा भएको थियो । रेडियो नेपालका गायक भुवनको जागे सारा रात बोलकोे गित हिट थियो । पछि उनलाई गायनले भन्दा अभिनयले तान्यो । हयाण्डसम भुवनलाई सुपरहिट हुन धेरै समय लागेन । करोडपति, नेपाली बाबु, साइनो, कुसुमेरुमाल, चिनो, दक्षिणा, कन्यादानजस्ता चर्चित चलचित्रमा उनकै प्रधान भुमिका छ । उनको फिल्मस् दर्शकले ताने । उनको व्यक्तित्वले थुप्रै युवती तानेको उनी आफैं स्विकार गर्छन । तर, उनले आफ्नै श्रीमतीलाई रिझाउन सकेनन् । मागी र भागी दुबै विवाहको स्वाद लिएका उनले परिणाम एउटै भोगे –सम्बन्ध बिच्छेद । धेरैको बुझाइमा परस्त्रीसंगको उनको सम्बन्धले घरकी स्त्रीको मन फाटेको हुनुपर्छ ।

नायिका सारंगा श्रेष्ठले भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे भनि दिएको अन्र्तवार्ताले भुवनको स्वभावलाई धेरै हदसम्म झल्काउछ । अहिले त भुवनको सम्बन्ध चर्चामा रहन्छ । दिनउमेरमा दिनहुं केही न केही आइरहन्थ्यो । यस्ता खबरले श्रीमतीको मन जलाउंथ्यो । दुनियांको दिलमा बसेपनि भुवनले जीबनसाथीको दिल राख्न सकेनन् । प्रसंग शुरु गरौं बिजया केसीबाट । पहिलो पत्नी थिइन् विजया मल्ल । मागी विवाह भएको थियो । भुवन र बिजयाको जोडी जमेकै थियो ।

दुई सन्तान जन्मिसकेका थिएः काजल केसी र विवेक केसी । छोरी काजलको नाममा भुवनले काजल फिल्मस् ब्यानरको स्थापना नै गरेका थिए । सानो परिवार खुशी परिवारजस्तो थियो । तर, रहेनछ । बिजयासंग सम्बन्ध बिच्छेद भयो । बिजया छोरा विवेकसंग अमेरिकामा बस्दछिन् । सुस्मिता बमजनसंग बिहे भुवनको दोस्रो विवाह दार्जलिङकी सुस्मिता बमजनसंग भयो । कला क्षेत्रमा यो जोडी निकै जम्ने देखिएको थियो । अहिलेका चकलेटी नायक अनमोल यही जोडीका सन्तान हुन् । सुस्मितालाईपनि भुवनको परस्त्रीप्रतिको कामवासना रुचीकर लागेन । भुवनको बानी सुध्रिन सकेन । अन्ततः उनलेपनि डिभोर्स गरिन् । भुवन भन्छन्,‘सुस्मिताले नै डिभोर्स मागेकी हुन् । म फेरीपनि उनीसंग रहन चाहन्छु । तर एक हातले ताली बज्दैन ।‘

पूर्वपत्नी सुस्मिता र भारतीय व्यापारी रोहण जैसवालसंग अफयेर्सको चर्चा चल्यो । घरमा श्रीमती हुंदाहुंदै अरुसंग अफर्यस् गर्ने भुवनलाई डिभोर्स भइसकेकी श्रीमतीको अफर्यस्ले चित्त दुखायो । बदला नै सही, उनले शर्मिला ढंगोललाई प्रेमिका बनाएको भन्ने चर्चाले कलिउडलाई तरंगित पा¥यो । कोटेश्वर चोकमा शर्मीलाको पतिले उनलाइ पिटेको भनिएको सन्दर्भ मिडियामा सनसनीपूर्ण बन्यो । पछिल्लो समयमा उनको नाम जिया केसीसगँपनि जोडियो । जिया एकदम मिल्ने साथी मात्र भएको उनी बताउँछन्् । छोरा अनमोलप्रति युवतीको क्रेज बढेको छ । तर, स्याल तन्नेरी बाघ बुढो हुंदैन भन्ने उखानलाई प्रमाणित गर्ने प्रवृत्ति भुवनमा देखिएको छ । उनी अहिलेपनि आफुमा जोश रहेको बताउंछन् । ६० लागेका बुढा भुवन १६ बर्षे ठिटोझै भन्दछन्, ‘हिरोलाई केटीले र हिरोइनलाई केटाले पछ्यानन् भने ति हिरो हिरोइन नै होइनन् ।’

भुवन केसीले कैयौं चलचित्रमा आर्दश पतिको भुमिका निर्वाह गरेका छन् । चरित्रवान पुरुषको भुमिकामापनि उनी देखिएका छन् । तर, जीबन र अभियन उही हुने भए बुढेशकालमा भुवन बुढीहरुसंग छुट्टिएर कहां बस्नुपथ्र्यो र ? नतोडिएसम्म सम्बन्ध कांचजस्तै टलक्क टल्किने गर्दछ । तर, हरेक सम्बन्ध जोखिममा हुन्छ कांचजस्तै । जुनसुकै बेला टुक्राटुक्रा भइहाल्न सक्छ । कांचको दुनियांका सुपरहिट भुवन केसीको बहुबिछोड यसै भन्दैन र ?

bhuwan kc divorce nepali film Sushmita Bamjan