विदेश

थाईल्याण्डको बौद्ध स्तुपामा ४० वटा बाघ मृत फेला

थाईल्याण्डको बौद्ध स्तुपामा ४० वटा बाघ मृत फेला
एजेन्सी ,१९ जेठ । थाईल्याण्डको कन्चनाबुरीस्थित एक बौद्ध स्तुपामा फ्रिजरमा राखिएको अवस्थामा बाघका ४० वटा डमरु मृत फेला परेका छन् ।थाई अधिकारीहरुले वन्यजन्तुको तस्करी हुने गरेको आशंकामा स्तु्पामा छापा मार्दा सो संख्यामा मृत डमरु फेला परेका हनु् । thailyand baudha stupa स्तुपाका अधिकारीहरु माथि वन्यजन्तुको ओसारपसार तथा तस्करीको आरोप लगाईएको छ । तर त्यहाँका भिक्षुहरुले आफुहरुको यस घटनामा कुनै संलग्ना नरहेको बताएका छन् । घटनापछि प्रसिद्ध पर्यटकस्थल कञ्चनाबुरी क्षेत्र अहिले पर्यटकका लागि बन्द गरिएको छ ।प्रहरी र वन्यजन्तु कार्यालयका अधिकारीले कञ्चनाबुरी क्षेत्रमा रहेका स्तुपा र आसपासमा थालेको खोजविनका क्रमममा यसअघि पनि स्तुपाभित्रबाट ४० वटा र बाहिरबाट १ सय ३७ वटा जिउँदा बाघ फेला परेका थिए । अन्य जनावरका अङ्ग समेत फेला परेको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।