मनोरञ्जन

सदावहार हाँस्यकलाकार रज्जाकको मृत्यु

सदावहार हाँस्यकलाकार रज्जाकको मृत्यु

बलिउड हास्य अभिनेता रज्जाक खानको हृदयघातका कारण निधन भएको छ । रज्जाक बलिउडको हाँस्य अभिनयमा सदावहार मानिन्थे ।

थुप्रै बलिउड फिल्ममा काम गरेका हास्य अभिनेता रज्जाक खानको निधन भएको छ। बुधबार बिहान १२ :३० हृदयघात भएपछि उनको मुत्यु भएको हो। उनले मुम्बईको बान्द्रास्थित एक अस्पतालमा अन्तिम सास फेरेको भारतीय संचारमाध्यमले जनाएका छन्। उनको निधनमा उनका समकालिन अभिनेता साथीहरूले शोक व्यक्त गरेका छन्। रज्जाक बलिउडका चल्तीका हास्य कलाकारहरूमा पर्थे। उनी शाहरूख खानसंग बादशाहु, सलमान खानसंगकाे हेलो ब्रदर तथा गोविन्दा अभिनित आखियो से गोली मारे लगायतका फिल्ममा निर्वाह गरेको चरित्रका लागि चर्चा बटुलेका थिए। करिव सयभन्दा वढी बलिउड फिल्ममा काम गरेका रज्जाक पछिल्लो समय उनी कपिल शर्माको शो कमेडी नाइट्स विथ कपिलमा गोल्डेन भाइ चरित्रबाट चर्चित बनेका थिए।  

actor bollywood Rajjak khan Death