मनोरञ्जन

काठमाण्डौ आइपुगिन्, सोनाक्षी सिन्हा मलाइका अरोरा खान पनि आजै आउने कार्यक्रम

काठमाण्डौ आइपुगिन्, सोनाक्षी सिन्हा मलाइका अरोरा खान पनि आजै आउने कार्यक्रम

काठमाडाैँ ,३१,बैशाख नायिका सोनाक्षी सिन्हा नेपाल आइपुगेकी छिन् । काठमाण्डौको टुँडिखेलमा आयोजना हुन लागेको ‘अमरपन्छी’ कार्यक्रममा सहभागी हुन सोनाक्षी नेपाल आएकी हुन् ।

सैनिक श्रीमती संघले आयोजना गर्न लागेको ‘अमरपन्छी’ कार्यक्रमा सोनाक्षीसँगै बलिउड आइटम गर्ल मलाइका अरोरा खानले नृत्य गर्नेछिन् । तर, सोनाक्षी र मलाइका एक साथ नेपाल आएनन् । मलाइका अरोरा खान पनि आजै आउने कार्यक्रम छ, तर समय सार्वजनिक गरिएको छैन । सोनाक्षी दिउँसो त्रिभुवन विमानस्थमा ओर्लिएकी थिइन् । केही समयपछि भीआइपी कक्षबाट सोनाक्षी बाहिर निस्किइन् ।

सोनाक्षी बाहिर निस्कने वित्तिकै उनलाई गाडीमा राखियो । भूकम्प पीडितहरुको सहयोगार्थ सैनिक श्रीमति संघले भोली ३ बजेबाट टुँडिखेलमा भव्य कार्यक्रम गर्दैछ ।