समाचार स्वास्थ्य

ओलीले आफुजस्तै मृगौला पीडितका पक्षमा निर्णय गरे, अब डायलासिस निशुल्क

ओलीले आफुजस्तै मृगौला पीडितका पक्षमा निर्णय गरे, अब डायलासिस निशुल्क
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार नेपालस्थित कुटनीतिक तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधि समक्ष मुलुकको समसामयिक अवस्थाका बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा । तस्बिर ः रोशन सापकोटा, रासस मृगौला रोगबाट लामो समयदेखि ग्रसित प्रधानमन्त्री केपी ओलीले डायलासिस (रगत शुद्धकरण गर्ने कृत्रिम बिधि) निशुल्क बनाउने निर्णय गरेका छन् । मृगौलाको कार्यक्षमता कमजोर हुंदा शरीरको विषाक्त पदार्थ पिसाबबाट बाहिर निस्किन पाउंदैन । यस्तो अवश्थामा मेसिनको सहयोगले रगत सफा गर्नुपर्ने हुन्छ । यसैलाई डायलासिस भनिन्छ । यो खर्चिलो हुन्छ र आर्थिक अभावमा धेरैले डायलासिक गर्दैनन् । अब भने सरकारले नै डायालासिसको व्यभार बेहोर्नेछ । सरकारले दुबै मृगौला फेल भएका बिरामीलाई डायालासिसमा यसअघिपनि संघाउंदै आएको थियो । तर प्रयाप्त थिएन । केपी ओली प्रधानमन्त्री भएपछि सरोकारवालाले उनीमाथि भावनात्मकरुपमा दबाब दिए । किनकी उनी आफैं मृगौला पीडित हुन् । उनको उपचारमा राज्यले लाखौं खर्च व्योहोरिसकेको छ । ओलीको भने मृगौला प्रत्यारोपण गरिएको हो । सरकारले मृगौला रोगीलाई डायलासिस सेवा निशुल्क गर्ने घोषणा गरेको छ । सरकारले कार्यविधि बनाएर निशुल्क सेवा शुरु गर्नेछ । मृगौला रोगीले डायलासिस गराउनुपर्छ । यसका लागि लाखौं खर्च हुन्छ । आर्थिक स्रोत कमजोर भएका व्यक्तिका लागि डायलासिस असम्भवजस्तै थियो । अहिलेकै हिसाव गर्दापनि एक जनालाई १० बर्षसम्म डायलासिस गर्न कम्तिमा २६ लाख खर्च हुन्छ । डायलासिस निशुल्क गर्ने सरकारी निर्णयलाई पीडित र चिकित्सकले उत्साहका साथ हेरेका छन् । आर्थिक अभावमा डायलासिस गर्न नपाएकाहरुले यो निर्णयसंगै जीबनदान पाउने बताइएको छ । मृगौला रोग जोसुकैलाई लाग्न सक्छ । प्रत्येक १० जना मध्ये एकजनालाई कुनै न कुनै किसिमको मृगौला रोग लागेको हुन्छ । नेपालमा बर्षेनी ३ हजार जनाको मृगौला फेल हुने गरेको छ । डायलासिस गर्नेको संख्या भने कम छ । १ हजार २ जनाले डायालसिस गराइरहेका छन् । सरकारले यसअघिपनि दुबै मृगौला फेल भएका पीडितका लागि दुई बर्षमा दुई सय आठ पटकसम्म डायलसिस गर्न सहयोग गर्दै आएको थियो । अस्पतालको क्षमता वृद्धि गर डायलासिस निशुल्क भएपछि डायलासिस गर्ने बिरामीको संख्या बढ्नेछ । अहिले डायलासिस गराइरहेका बिरामी त छंदैछन् । यस्तोमा सरकारले सेवा दिने भनेपनि बिरामीलाई सेवा लिन गाहे पर्छ । देशैभरि डायलासिस सेवा छैन । डायलासिस निशुल्क भएपनि उपचारमा आउनजानै बढी खर्च हुने देखिन्छ । बिकल्प एउटै हो ः देशैभरि डायलासिस सेवा बृद्धि गर्ने । जोड प्रत्यारोपणमा डायलासिस संवेदनशील विधि हो । यो जीबन धान्ने उपायमात्र हो । जीबनलाई गतिशिल बनाउन प्रत्यारोपणमा जोड दिनुपर्ने मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठको सुझाव छ । एउटा व्यक्तिले अर्को व्यक्तिलाई मृगौला दिने विधि प्रत्यारोपण हो । मानिसका सामान्यतया दुईवटा मृगौला हुन्छन् । स्वश्थ मानिसको एउटा मृगौला काफी हुन्छ । अर्को दान दिन सकिन्छ । प्रधानमन्त्री ओली स्वंयको पनि मृगौला प्रत्यारोपण गरिएको हो । मृगौला प्रत्यारोपण गरिएको व्यक्ति सामान्य अवश्थामा फर्कन सक्छ । प्रधानमन्त्री ओलीको फुर्तीफार्तीले यसको पुष्टि गर्छ ।