विदेश

टर्कीमा गर्भनिरोधकका उपाय रोक्न राष्ट्रपतिको आव्हान सके जति बच्चा जन्माउनुहोस

टर्कीमा गर्भनिरोधकका उपाय रोक्न राष्ट्रपतिको आव्हान सके जति बच्चा जन्माउनुहोस
President_Recep_Tayyip_Erdoğan टर्कीका राष्ट्रपति रचेप तैयप एर्दोआनले मुस्लिम समुदायलाई गर्भनिरोधक उपाय बन्द गरेर बढीबन्दा बढी बच्चा जन्माउन आव्हान गरेका छन् । टर्कीको सरकारी टेलिभिजनमा बोल्दै उनले मुस्लिम परिवारलाई परिवार नियोजन र गर्भनिरोधक तरिकाको प्रयोग बन्द गर्न आव्हान गरेका हुन् । राष्ट्रपति एर्दोआनले भने–हामी आफ्नो आगामी पिढीको संख्यालाई दुई गुना बनाउन चाहन्छौ । उनले महिलाहरुलाई सबैले कम्तीमा पनि तीन सन्तान जन्माउन आग्रह गरे । उनले महिलालाई कहिले पनि पुरुष बराबर मान्न नसकिने दावीसमेत गरे । एर्दोआन १२ वर्षसम्म टर्कीको प्रधानमन्त्री रहेपछि अग्रस्त २०१४ मा टर्कीको राष्ट्रपति बनेका हुन् । उनको एके पार्टी कट्टरपन्थी इस्लाम मान्दछ भने उनका अधिकांश समर्थक पनि रुढीवादी छन् । संयुक्त राष्ट्रसंघका अनुसार टर्कीमा ‘राम्रो परिवार नियोजन नामको कुनै कुरा छैन, संस्थाका अनुसार टर्कीका हरेक पाँचमध्ये एक महिला गर्भावस्था रोक्नका लागि गर्भपतनको साहरा लिने गर्दछन् ।

Turkey President