मनोरञ्जन

अन्तिममा कलाकारसँग पीडा र अभाव बाहेक केही हुंदैन– भद्रगोलका निर्देशक आचार्य

अन्तिममा कलाकारसँग पीडा र अभाव बाहेक केही हुंदैन– भद्रगोलका निर्देशक आचार्य

 तीन दशक भन्दा पहिले नेपाली कलकारिता क्षेत्रमा प्रवेश गरेका शंकर आचार्य कलाकार, निर्देशक, निर्माताका रुपमा क्रियाशिल छन् । फरक–फरक भुमिका निर्वाह गरेर चर्चित भएका आचार्यको निर्देशनमा भद्रगोल सिरियल नेपाल टेलिभिजनमा प्रशारण भइरहेको छ । लोकप्रिय टेलिसिरियल भद्रगोलका निर्देशक तथा कलाकार शंकर आचार्य (वरिष्ठे) सँग सागर बुढाथोकीले गरको कुराकानीको सम्पादित अंश यहां प्रस्तुत छ ।

आरामै हुनुहुन्छ ?

आरामै छु भन्नु पर्यो, देशलाई त पक्कै आराम छैन तर पनि आरामै छु भन्नु पर्ने अवस्था भएको छ ।

अहिले पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?

म अहिले भद्रगोलको सुटिङमा ब्यस्त छु । त्यस्तै त्यसको अलवा सानोतिनो काममा ब्यस्त छु ।

तपाईले दर्शकहरुको मनोरञ्जनको लागि भद्रगोल बाहेक अरु के काम गर्दैहुनुहुन्छ ?

भद्रगोल बाहेक मैले एउटा सोसियल मुभि बनाउने तयारीमा छु । अहिले त्यसको काम भइरहेको छ, सत्य घटनामा आधारित त्यस मुभि लगभग दर्शकहरुले छिट्टै हेर्न पाउनुहुनेछ ।

भद्रगोल सिरियलमा खेल्ने केही कलाकारहरु अत्यन्तै चर्चित र सफल भएका छन्, देश विदेशमा कार्यक्रमहरु गरिरहेका छन्, यो हेर्दा अब कलाकारहरु अभिनय गरेर नै जीविकोपार्जन गर्न सक्छन् त ?

कलाकारहरुले जतिसुकै हसाँए पनि, जतिसुकै उन्नती गरेको देखिएता पनि उनीहरुको अन्तिम अवस्थामा उनीहरुसँग डाह छट्पटी, पिडा र अभाव बाहेक केही पनि हुदैन । मैले यो किन भनेको भने दुई चार जना सफल भए भन्दैमा दुई चार जना सफल भए भन्दैमा र दुई चार जना विदेश गएर कार्यक्रम गरे भन्दैमा अब अभिनय गरेर बाँच्ने दिन आयो भन्ने छैन । किनभने कलाकारहरु धेरै छन्, टेक्निसियनहरु धेरै छन् । टेक्निसियन बिना कलाकारहरु पर्दामा आउन सक्दैनन् तर एउटा कलाकार मात्र बाँचेर पुग्दैन, टेक्निसियन पनि बाँच्नु पर्दछ । जो पर्दापछाडी बसेर काम गर्दछन् । समग्रमा भन्दा आफ्नो हातको २० ओटा औला सलामत भए भन्दैमा अरुको पनि ठिक छ भन्न सकिदैन । मतलब औंलामा गन्न सक्ने कलाकारको राम्रै होला तै पनि उसले आम्दानी गरेको बेलामा व्यवस्थापन गरेर आफ्नो धरातल बिर्सेनन् ।

तपाई यति लामो समय देखि यस क्षेत्रमा आवद्ध हुनुहुन्छ, तपाईले संघर्ष गरेको समय र अहिलको समयमा के फरक पाउनु भएको छ ?

वि.सं २०३४ सालदेखि यस क्षेत्रमा संघर्षरत छु । त्यतिखेर हालको समयमा भएको जस्तो धेरै हलहरु थिएन । त्यस ताका डबली, चौर, चौतारी, घर, घरमा नाटक देखाइन्थ्यो । पछि आएर राष्ट्रिय नाचघर, सिटीहल लगायत विभिन्न एकेडेमिहरु साथै देशका विभिन्न स्थानहरुमा हलहरु सञ्चालनमा आए । त्यस ताका फिल्महरु चार पाँच वर्षमा एउटा फिल्म बन्थ्यो र त्यो फिल्म बनेपछि कलाकारहरु कोहिनुर हिरा हुन्थ्ये तर हाल समयको परिवर्तन सँग सँगै महिनामै थुप्रै फिल्म बन्थे । पहिला एउटा फिल्म छ महिना सम्म चल्थ्यो तर हाल छ घण्टामा नै उत्रन्छ ।तपाई आफै भन्नुहोस् विगत र अहिलेको समयमा कतिको परिवर्तन भएको छ ?

पहिले र अहिले कलाकारहरुलाई गर्ने व्यवहारमा के कस्तो परिवर्तन पाउनु भएको छ ?

त्यस ताका कलाकार भनेपछि ठुला, देउतासरी र दुर्लभ मानिन्थ्यो । हाल सबै व्यक्तिहरु कलाकार बन्ने होडबाजीमा छन् । जसले गर्दा धेरै कलाकार भएपछि उनीहरुको मूल्य घटेको छ ।

भनेपछि बजारको बृद्धि सँग सँगै कलाकारको भाउ घटेको कुरा सत्य हो त ?

एक त कलाकार धेरै छन् । कलाकारिताको क्षेत्रमा लाग्नु पुर्व सिप सिकेर साथै आवश्यक कलाहरु सिकौं अनि मात्र त्यस क्षेत्रमा प्रवेश गरौ भन्ने सोच भएका व्यक्तिहरु थोरै छन् । तर अरुले गरेको देखेर आउने धेरै छन् । हाल यु ट्युबमा सर्ट मुभिको नाममा हेर्न नहुने खालका सर्ट मुभि बनाएर अपलोड गरेको हुन्छ । अनी कसरी हुन्छ कलाकारहरुको सम्मान ? आज हाम्रै गल्तिका कारणले गर्दा दर्शकको नजरमा गिरेका छौ । केहि कलाकारहरुको कारणले गर्दा सम्पूर्ण कलाकाहरुले पाउनुपर्ने जति सम्मान पाउन सकिरहेका छैनन् ।

तपाई यति लामो समयदेखि यस क्षेत्रमा हुनुहुन्छ आफ्नो छुट्टै पहिचान स्थापना गरेर सफल हुनुभएको छ, अब आउने नवआगन्तुक कलाकारहरुलाई सफल बन्नको लागि के टिप्स दिनुहुन्छ ?

सबै भन्दा पहिले आफ्नो धरातल हेर्नु पर्यो । म यस क्षेत्रमा आउन सक्षम छु कि छैन त्यो हेर्नु पर्यो । म रुप र शरिरको कुरा गरिरहेको छैन । पहिला घरको पारिवारिक स्थिति साथै पढाई हेर्नु पर्यो । यस क्षेत्रमा लाग्दा घरपरिवार र पढाईमा बाधा पर्दैन भन्ने कुरामा निश्चित हुन पर्यो । यदि म जसरी पनि यस क्षेत्रमा लाग्छु भन्ने हो भने हरेक मान्छे आएर सफल हुन सक्छ तर सिकेर दक्ष भई केहि अठोट साथै उद्देश्य लिई यस क्षेत्रमा प्रवेश गरेर संघर्ष गर्नु पर्दछ ।

पछिल्लो समय समालोचकहरुले नेपाली कमेडीहरुलाई आलोचना गरिरहेका छन्, नेपालमा डार्क कमेडी तथा सिचुयसनल कमेडी भएन लामो समय सम्म एउटै धारको मात्र भयो भन्ने आलोचनाहरु छ, यसमा तपाईको के धारणा छ ?

यसमा म बिलकुलै सहमत छु । म के भन्न चाहन्छु भने अन्य सिरियलहरु चल्छ मार्केट छ । विगतमा यस्ता धेरै सिरियलहरु आउथे, जस्तो जीन्दगानी, सिन्दुर, कसलाई आफ्नो भन्नु, परिचय जसमा मैले पनि अभिनय गरेको थिए । मैले निर्माण गरेको शंका तर पछिल्लो समयमा कमेडी सिरियलले मार्केट लियो, फाइदा पनि भयो टि.भीहरुले पनि त्यसलाई नै प्राथमिकता दिए । हाल टि.भीहरुले त्यस्ता सिरियलहरुलाई प्राथमिकता नदिएको कारणले गर्दा आउन सकिरहेका छैनन् । फलस्वरुप नेपाली दर्शकहरु विदेशी सिरियल हेर्न लालाचित छन् । जसको कारणले विदेशी सिरियलहरुले दर्शकहरुलाई अतिक्रमण गरेको छ । पछिल्लो समय नेपाली दर्शकहरु हिन्दी सिरियलतिर आकर्षित भएका छन्, यसलाई रोक्न तपाईहरु जस्ता अग्रज कलाकारहरुले के गर्दै हुनुहुन्छ ? मैले धरै अगाडी सिचुयसनल तथा डार्क कमेडी सिरियल ‘ऐना’ बनाएको थिए । सत्य घटनामा आधारित उक्त सिरियललाई अनेक प्रयास गर्दा पनि प्रदर्शन गर्न सकिएन । सोर्स फोर्स लगाएर अन्य सिरियलहरु लागे । यदि मसँग पनि सोर्स फोर्स भएको भए अवश्य त्यस सिरियल प्रदर्शनमा ल्याउन सकिन्थ्यो ।

भद्रगोलमा तपाईहरुले चलिरहेका अन्य सिरियलका कन्सेप्ट भन्दा फरक कन्सेप्ट प्रयोग गर्नुभएको छ, त्यसमा सफल पनि हुनुहुन्छ त्यसमा तपाईले निर्देशनको साथ साथै कलाकारको भुमिका पनि निभाउनु भएको छ, कत्तिको सजिलो छ ?

यस्तो छ, आज मैले तरकारी काटे, पकाए, भात पनि पकाए र पस्केर पनि खाए त्यो सम्भव छ । त्यो पनि त्यस्तै हो, तपाईहरु भन्नुहुन्छ मलाई तपाई त सफल र सर्चित हुनुहुन्छ भनेर तर मेरो ब्याड लक भनौ या के भनौ मेरो क्षमताको दश प्रतिशत मात्र देखाएको छु । ममा कमेडीको मात्र छवी छैन, म जस्तो सुकै चरित्र पनि निर्वाह गर्न सक्छु । म रबरस्ट्यान्ड जस्तो एउटै चरित्र निर्वाह गर्ने कलाकार होइन ।

Shankar

निर्देशन पेशालाई अपजसको पेशा पनि भनिन्छ, यसमा तपाईको के विचार छ ?

हाँस्दै..... एकदमै हो, सबै भन्दा अपजसे पेशा मध्ये निर्देशन पेशा हो । कुनै फिल्म वा सिरियल हिट भयो भने कलाकार हिट हुन्छ र फिल्म तथा सिरियल साथै कलाकार फ्लप खाए भने निर्देशक लाई अपजस दिन्छन् ।

भद्रगोल सिरियलमा तपाईले आफ्नो टिमबाट कत्तिको सहयोग पाउनु भएको छ ?

हाल सम्म हामी एक अर्कामा आपसी सहकार्य र सहभावका साथ अगाडी बढीरहेका छौ तर आगामी दिनहरुमा यस्तै होला या नहोला भन्ने कुरा समयले बताउने कुरा हो । तर यस्तै आपसी सहकार्य र सहभाव रहिरहोस् भन्ने कामना गर्न चाहन्छु ।  

अन्त्यमा केही कुरा भन्नु छ की ?

मैले भन्नु पर्ने खासै विशेष कुरा त केही छैन सबै तपाईले सोधी सक्नु भएको छ तर अन्त्यमा के भन्न चाहन्छु भने हामी सबैले कलाकारिता क्षेत्रलाई माया गरौ र आफु भित्र लुकेर रहेका वास्तविक क्षमतालाई बाहिर प्रस्तुत गरौ भन्न चाहन्छु ।

Bhadragol Shankar Acharya Vadragol