खेल

फुटबल खेलाडी अपहरणमा

फुटबल खेलाडी अपहरणमा
alan-pulido (1) जेठ १७ । मेक्सिकोका एक फुटबलर अपहरणमा परेका छन् । ग्रिसको ओलम्पिकोसबाट खेल्दै आएका स्ट्राइकर एलन पोलिडो अपहरणमा परेका हुन् । २५ वर्षका पोलिडोले मेक्सिकाकोको राष्ट्रिय टिमबाट पनि खेल्ने गरेका छन् । उनी आइतबार पार्टीबाट निस्किएर घर नजिक पुगेका बेला स्युदाद भिक्टोरियाबाट अपहरणमा परेका हुन् । पोलिडो प्रेमिकासँग एक पार्टीबाट घर फर्किएका बेला उनको कारलाई अपहरणकारीले घराहालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अनुहारमा माक्स लगाएका ६ जनाले स्ट्राइकर पोलिडोलाई लगेको र उनकी प्रेमिकालाई भने छोडेको खबरमा उल्लेख छ । पोलिडोको खोजी भइरहेको जनाइएको छ ।

football