खेल

अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबलमा नेपालले लाओससँग एक एक गोलको बराबरीमा रोकियो

अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबलमा नेपालले लाओससँग एक एक गोलको बराबरीमा रोकियो
anfa काठमाडौं जेठ १७ ।  अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबल अन्तर्गत नेपालले लाओससँग एक एक गोलको बराबरी खेलेको छ । लाओसको राष्ट्रिय रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले फिफा बरियातामा आफुभन्दा ४ स्थान माथि रहेको लाओससँग १–१ गोलको बराबरी खेलेको हो । गोलरहित बराबरीमा सकिएको पहिलो हाफपछि नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै गोल गर्न सफल भयो । ७७ औं मिनेटमा मिडफिल्डर बिशाल राईले पेनाल्टी एरियाबाट सेकेण्ड बार च्याप्दै प्रहार गरेको बल आकर्षक गोलमा परिणत भएको थियो । तर नेपालले लिएको अग्रता दुई मिनेटपनि जोगाउन सकेन । ७९औं मिनेटमा पाएको कर्नर प्रहरलाई सदुपयोग गर्दै घरेलु टोलीले गोल फर्काउन सफल भयो ।

nepali football