खेल

नेपाली सेनाका भरत कार्कीले जिते लामटाङ म्याराथनको उपाधी

नेपाली सेनाका भरत कार्कीले जिते लामटाङ म्याराथनको उपाधी
Route Map जेठ १६ रसुवामा आइतबार भएको प्रथम लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथन दौड प्रतियोगितामा नेपाली सेनाका भरत कार्की प्रथम भएका छन् । नारायण दल गणका कार्कीले निर्धारित २१ किलोमिटरको दूरी एक घण्टा १७ मिनेट ५५ सेकेन्डमा पार गरेका हुन् । एक घण्टा १८ मिनेट ३५ सेकेण्डमा दूरी पार गरेका नेपाली सेनाकै होमलाल श्रेष्ठले दोस्रो भएका छन् । एक घण्टा १८ मिनेट ४६ सेकेण्डमा दूरी पार गरेका जुम्लाका गोविन्दप्रसाद अधिकारी तेस्रो भएका छन् । यसैगरी महिला तर्फ रसुवाकी फूलमाया स्याङ्वाले दुई घण्टा दुई मिनेट २६ सेकण्डमा दूरी पार गरी प्रथम भएकी छन् । दुई घण्टा १३ मिनेट ५३ सेकेण्डमा दूरी पार गरी सिन्धुपाल्चोककी कमला तामाङ दोस्रो तथा २ घण्टा १६ मिनेट १७ सेकेण्डमा दूरी पार गरी रसुवाकी विन्दा विक तेस्रो भएकी छन् । भूकम्पका कारण क्षति पुगेको लाङटाङ गाँउमा खुसी ल्याउन सहयोग गरौ भन्ने नाराका साथ ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) को ३८ औँ स्थापना दिवसको अवसरमा हाफ म्याराथन प्रतियोगित भएको हो । प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Half Marathon