खेल

नेपालले आज लाओससँग मैत्रिपूर्ण फुटबल खेल्ने

नेपालले आज लाओससँग मैत्रिपूर्ण फुटबल खेल्ने
Nepali Football जेठ १६ । नेपालले आज लाओससँग अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल खेल्दैछ । लाओस विरुद्धको खेल लाओसको भियनतानस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार आज साँझ सवा ५ बजे सुरु हुनेछ । जापानी प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टोलीको जिम्मेवारीमा रहेको नेपालको यो पहिलो औपचारिक खेल हो । यसअघि उनको नेतृत्वमा नेपालले मलेसियाको २१ वर्ष मुनिको टोलीसँग मैत्रिपुर्ण खेल खेलेको थियो । नेपाली टोलीको कप्तानी अनिल गुरुङले गर्दैछन् । यसैगरी चर्चित खेलाडीहरु भरत खवास, किरण चेम्जोङ लगायतले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

nepali football
ADVERTISEMENT