मनोरञ्जन

लुलीयाको विषयलाई लिएर तनावमा सलमान

लुलीयाको विषयलाई लिएर तनावमा सलमान

 बलिउड सुपरस्टार सलमान खान, हाल लुलियाको विषयलाइ लिएर तनावमा आएका छन् ।

 

बलिउड अभिनेत्री प्रीति जिन्टाको विवाहको रिसेप्सन पार्टीमा सलमान र लुलिया सगैँ देखिए देखिएका थिए । उनीहरुको सम्बन्ध र निजी जीवनको विषयलाइ लिएर पब्लिक र मिडियामा अनेकौँ गसिप आउने क्रम बढेको हो ।  सलमान अहिले विवाहको तयारीमा रहेको चर्चाले पनि उनलाइ हैरान बनाएको छ । ‘म जुन दिन विवाह गर्छु त्यस दिन सबैलाइ थाहा दिन्छु ।’

 

उनी भारतीय मिडिया सामु कड्किएका थिए । हालै उनले दिएको एक अन्तर्वातामा लुलियाको बारेमा सोधिएको प्रश्नलाई खण्डन गरेका छन् । ‘भारतीय होस् या विदेशी, कुनै पनि महिलालाइ मिडियाले बेइज्जत गर्नुहँुदैन ’ भनेर सलमानले आक्रोश पोखेका छन् । कुनै महिलासगँ देखिनु भनेको ऊसगँ विवाह गर्छु भनेको होइन भन्दै मिडियाले उनको विवाहको खबर फैलाएर लुलीयाको इज्जतको धज्जी उडाएको भनेर आरोप समेत लगाए । हालै सुल्तानको सुटिङ सकेर पन्जावबाट फर्किदा लुलीया सलमानकी आमासँग सँगै एरपोर्टबाट बाहिरिदै गरेको देखिएको थियो । यस विषयलाई लिएर भारतीय मिडियाले ठूलो इसु बनाएका छन ।

ADVERTISEMENT