स्वास्थ्य

गर्भावस्थाको बेला के खाने

गर्भावस्थाको बेला के खाने
गर्भावस्थाको बेला महिलालाई विभिन्न किसिमका पोषक तत्वहरुको आवश्यकता पर्दछ । गर्भमा हुर्किरहेको शिशुलाई आमाबाटै पोषण तथा आहारा प्राप्त हुन्छ । women having fruit आमाले खाएको खानेकुराबाट नै गर्भको भ्रुणको विकासमा सहयोग गर्दछ । गर्भको शिशुको विकासका लागि क्याल्सियम तथा प्रोटिन निकै महत्वपूर्ण हुन्छ । हरेक गर्भवती महिलाले आफ्नो तथा गर्भको शिशुको स्वास्थ्य तथा विकासका लागि खानुपर्ने खानेकुराहरु निम्न छन् । दुग्ध प्रोडक्ट कम फ्याटयुक्त दुग्ध प्रोडक्टहरुलाई क्याल्सियमको राम्रो श्रोत मानिन्छ । गर्भवती महिलाले हप्तामा कम्तिमा दुइ पटक पनीर वा चिज खानु लाभदायक हुन्छ । बदाम  गर्भमा रहेको शिशुको हड्डी, दाँत तथा स्नायुहरुको विकासमा बदाम खानु राम्रो हुन्छ । यसले गर्भवती आमालाई पनि पर्याप्त प्रोटिनको आपूर्ति गर्दछ । अण्डा  अण्डामा प्रशस्त मात्रामा प्रोटिन तथा चिल्लो पदार्थ हुनुका साथै शरीरलाई आवश्यक पर्ने सेलेनियम, जिंक, भिटामिन ए‍, डि लगायतका पौष्टिक तत्व हुन्छ जसले गर्भवती महिलालाई फाइदाजनक हुन्छ। माछामासु गर्भवती महिलाहरुले नियमित रुपमा माछामासु सेवन गर्नु लाभदायक हुन्छ । यसले भ्रुणको विकासमा सहयोग पुग्दछ र आमा तथा बच्चाको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँदछ । तर माछा सेवन गर्नुभन्दा पहिले गर्भवती महिलाले सुरुमा डाक्टरसँग परामर्श लिनु जरुरी हुन्छ । तिल  तिल पनि क्याल्सियमको उत्तम श्रोत हो । त्यसैले तिलको सेवन गर्नु गर्भवती महिलाको लागि फाइदाजनक हुन्छ । पालुंगाे  पालुंगो तथा ब्रोकाउली जस्ता हरियो सागपातमा तथा फलफूलहरुमा प्रशस्त क्याल्सियम, आइरन पाइन्छ यसले बच्चाको छाला, हड्डी तथा मस्तिष्कको विकासमा पनि सहयोग पुर्याउँदछ । त्यसैले दिनमा कम्तिमा एक पटक हरियो सागपात तथा फलफूलको सेवन लाभदायक हुन्छ । एजेन्सी