विदेश समाचार

विकीमिडिया कमन्सले विश्वव्यापी फोटो प्रतियोगिता गर्दै

विकीमिडिया कमन्सले विश्वव्यापी फोटो प्रतियोगिता गर्दै
विकीमिडिया कमन्सले विश्वव्यापी फोटो प्रतियोगिता गर्दै छ । १ मे २०१६ देखि ३१ मे २०१६ सम्म यो प्रतियोगिता चल्ने विकीमिडियाको Web Site मा उल्लेख गरेको छ । WLE_NEPAL_logo उक्त प्रतियोगितामा सहभागिहरुले आफ्नो वरपरको वातावारणको फोटो खिचेर विकीमिडिया कमन्समा अपलोड गर्न सकिन्छ । यस्तो प्रतियोगिता विकीमिडिया युक्रेनले पहिलो पटक २०१३ मा आयोजना गरेको थियो । यसलाई विकीमिडियाको दोस्रो रोचक प्रतियोगिताको रुपमा सूचिकउत गरिएको छ । त्यस्तै २०१४ र २०१५ मा युक्रेन, नेपाल, ब्राजिल, जर्मनी लगायतका १५ भन्दा वढी देशहरुले सहभागिता जनाएका थिए । २०१४ र २०१५ गरी करिब ६१०० भन्दा वढी फोटोहरु यस प्रतियोगितामा अपलोड भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार उपलब्ध गराउने विकीमिडिया कमन्सले जनाएको छ ।