खेल समाचार

आईसीसीले क्यानलाई किन गर्यो निलम्बन

आईसीसीले क्यानलाई किन गर्यो निलम्बन
जेठ ११ काठकाण्डौ अघिल्लो महिना नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्यानलाई प्रतिबन्ध लगाउनुका कारण दिएको छ । icc आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनले निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई आइतबार पत्र पठाउँदै त्यसको कारण दिएका हुन् । नेपाली क्रिकेटको समस्याका विषयमा आईसीसीका उच्च पदाधिकारीले सम्बोधन गरेको यो पहिलो पटक हो । यो विषयमा रिचर्डसनले आईसीसीका ग्लोबल प्रमुख टिम एन्डरसनलाई पनि स्पष्ट पारेर क्यानलाई अर्को पत्र लेख्न निर्देशन दिएका छन् । निलम्बनबाट बाहिर आउनका लागि क्यानका पदाधिकारीहरूले आईसीसीसँग सहकार्य गर्नुपर्ने पनि उक्त पत्रमा बताएको छ । यो समस्या यथावत् रहुन्जेल नेपाली राष्ट्रिय क्रिकेट टिमको गतिविधि तथा नेपाली क्रिकेटको व्यवस्थापन आईसीसीले प्रत्यक्ष रूपमा गर्ने विश्व क्रिकेटको सर्वोच्च निकायले स्पष्ट पारेको छ । मंसिरको अन्तिममा भएको क्यानको विवादित साधारणसभा र पदाधिकारीहरूको निर्वाचनपछि क्यान तथा नेपाली क्रिकेटको प्रशासन नियन्त्रणमा लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तदर्थ समिति गठन गरेको पत्रमा बताएको छ । आईसीसीले क्यानलाई निलम्बन गर्नुका कारण विवादित साधारणसभाको कारण नै तदर्थ समिति गठन भएको आईसीसीले स्पष्ट पारेको छ । राखेपको हस्तक्षेप पनि आईसीसीको आर्टिकल २.९ ‘बी’ अनुरूप नरहेका कारण क्यानलाई निलम्बन गरिएको आईसीसीले जनाएको छ । निर्वाचित क्यानले आर्टिकल २.९ ‘ए’ अनुसार स्वतन्त्र र निष्पक्ष निर्वाचन नगरेको आईसीसीले पत्रमा उल्लेख गरेको छ । रिचर्डसनले निर्वाचित क्यानका अध्यक्ष चन्दलाई पठाएको इमेल आईसीसीका अध्यक्ष शशांक मनोहर, आईसीसी चिफ अप्रटिङ अफिसर, जनरल काउनसेल इयान हिगिन्स र एन्डरसनलाईसमेत पठाएका छन ।

विशेष