कभर स्टोरी यौन-शिक्षा समाचार स्वास्थ्य

मेरो क्लिनिकमा छिर्न नपाउंदै २० बर्ष बांझै रहेका पनि गर्भवती हुन्छन् : डाक्टर भोला रिजाल

मेरो क्लिनिकमा छिर्न नपाउंदै २० बर्ष बांझै रहेका पनि गर्भवती हुन्छन् : डाक्टर भोला रिजाल

 

जामानापनि मेडिसिनको थियो । सर्जरीपनि धेरैको रुचीमा पथ्र्यो । गाइनेक्लोजी अर्थात स्त्रीरोग कमैको चांसोमा थियो । 

उनले झट्ट आफ्नी श्रीमती र कान्छो छोरालाई सम्झे । स्त्रीरोग विशेषज्ञको फेला नपरेको भए उनीहरु रहदैनथे । उनले आफुलाई डांकेका प्रोफेसरसंग गाइनेक्लोजी पढ्ने प्रस्ताव राखे । डाक्टर इस्लाम अवांक भए । उनले भोलालाई मेडिसिन पढ्न सुझाए । रिजालले गाइनेक्लोजी पढ्ने अडान लिए । डाक्टर इस्लामले गाइनेका प्रोफेसर टिए चौधरीलाई आफ्नै कार्यकक्षमा बोलाए । आफैंले छात्रवृत्ति दिएको नेपाली विद्यार्थीले मेडिसिन छोडेर गाइनेक्लोजी पढ्ने जिद्धी गर्दैगर्दा डाक्टर इस्लामका आंखा रसाएका थिए ।

‘भोला मै हुं आमा’ उनले परिचय दिए । उपचार शुरु भयो । तल्लो पेट दुख्ने समस्याका कारण उनी अस्पताल आएकी रहिछन् । रिजालले पेट छामछुम गरे । अब तलपनि हेर्न पर्ने भयो भनेर रिजालले के भनेका थिए, उनले पेटमात्रै हेरेर रोग पत्ता लगाउनुपर्ने अड्डि कसिन् ।

केही बर्ष अघिसम्म यस्तो थियो कण्डमको विज्ञापन आउंदा रेडियो टिभी बन्द गरिन्थ्यो । अहिलेपनि परिवारमा यौनका बारेमा खुलेर कुरा हुंदैन । जुन समाजमा दांत माझ्नुपर्छ भनेर सिकाउनुपर्छ त्यहीं समाजमा यौनाङ्ग सफा राख्नुपर्छ भनेर सिकाइदैन वा सिकाउन आवश्यक ठानिदैन ।

२०३५ सालको कुरा हो । भोला रिजाल मेडिकल अफिसरको रुपमा राजविराज अस्पतालमा कार्यरत थिए । उनका दुई छोरा ९ र ६ बर्षका भइसकेका थिए । गर्भपतन गराउंदागराउंदैपनि तेस्रो गर्भ रह्यो । चाहनाले होइन, बाध्यताले गर्भ रहेको थियो । श्रीमतीलाई व्यथाले च्याप्यो ।

राजविराजमा स्त्रीरोग डाक्टरपनि थिए । तर विशेषज्ञता रहेनछ । राजबिराजबाट बिराटनगर लैजानुपर्ने भयो । अस्पतालमा गाडी थिएन । अञ्चलाधिश महेशकुमार उपाध्यायले गाडी नदिएको भए विराटनगर पुग्न सम्भवै थिएन । डाक्टर जुन थापा, कस्तुरी मल्ल, विमला अर्याल, विजय शर्मालगायतको टिमको उपचार र शल्यक्रिया तथा अञ्चलाधिश उपाध्यायको सहयोगका कारण उनकी श्रीमती र कान्छो छोराकोे जीबन बच्यो । आजपनि उनलाई आफ्नो हुर्केबढेको छोरा देख्दा रुंदै विराटनगर हानिएको त्यो मध्यरातको याद आउंछ । राजविराजमा राम्रो उपचार भएको भए गर्भपतन सफल हुन्थ्यो ।

पतन गराइएको गर्भ रहदैनथ्यो । गर्भ रहिहालेपनि बच्चा सहजै जन्माउन सकिन्थ्यो । एउटा चिकित्सकले बेलैमा बोल्ड डिसिजन लिन नसक्ने हो भने धेरै आमा र वच्चाको सुत्केरी अवश्थामै मृत्यु हुनेरहेछ भन्ने दिव्यज्ञान उनले आफ्नै कान्छो छोरा जन्मदा महशुश गरे । राजविराजमा मेडिकल अफिसर रहेका रिजाललाई थप अध्ययनका लागि ढाकाबाट छात्रवृत्ति प्राप्त भयो । उनलाई मेडिसिन, सर्जरी, गाइनेलगायतका विषयमा छानेर विशेषज्ञता हाशिल गर्ने अवसर मिल्यो । उनलाई ढाका बोलाउने प्रोफेसर थिए डाक्टर इश्लाम । उनी ढाकाका नामुद मेडिसिन डाक्टर थिए । जामानापनि मेडिसिनको थियो । सर्जरीपनि धेरैको रुचीमा पथ्र्यो । गाइनेक्लोजी अर्थात स्त्रीरोग कमैको चांसोमा थियो ।

उनले झट्ट आफ्नी श्रीमती र कान्छो छोरालाई सम्झे । स्त्रीरोग विशेषज्ञको फेला नपरेको भए उनीहरु रहदैनथे । उनले आफुलाई डांकेका प्रोफेसरसंग गाइनेक्लोजी पढ्ने प्रस्ताव राखे । डाक्टर इस्लाम अवांक भए । उनले भोलालाई मेडिसिन पढ्न सुझाए । रिजालले गाइनेक्लोजी पढ्ने अडान लिए । डाक्टर इस्लामले गाइनेका प्रोफेसर टिए चौधरीलाई आफ्नै कार्यकक्षमा बोलाए । आफैंले छात्रवृत्ति दिएको नेपाली विद्यार्थीले मेडिसिन छोडेर गाइनेक्लोजी पढ्ने जिद्धी गर्दैगर्दा डाक्टर इस्लामका आंखा रसाएका थिए । बेग्लै विषय छानेर आफ्ना प्रोफेसरलाई रुवाएका रिजालले जीबनमा धेरैको आंशु पुछ्न सफल भएका छन्। पारिवारिक कारणले गाइनेक्लोजिष्ट बनेका भोला रिजालले धेरैको परिवारमा खुशी ल्याइदिएका छन् ।

बर्षौसम्म निसन्तान रहेका दम्पत्ति दूरदराजबाट उनीभए ठाऊं आइपुग्छन् । हजारौं दम्पत्तिलाई उनले सन्तान सुख दिलाएका छन् । भन्छन्,‘मेरो क्लिनिकमा छिरेपछि औषधी सेवन नगर्दै बर्षौ गर्ववती नभएकाहरुको गर्भ रहिसकेको हुन्छ ।’ झट्ट सुन्दा असहज लाग्ने यो अभिव्यक्तिका पछाडि ठूलै मर्म लुकेको छ । उनलाई भेटेपछि निसन्तान दम्पत्तिमा भिन्दै मनोविज्ञान पैदा हुंदोरहेछ । जांचपड्ताल नसकिदै कतिपय महिलाको गर्भ रहिसक्छ । विरामीको आत्मविश्वासले रोग निको पार्न धेरै मद्यत गर्दछ । त्यसका लागि डाक्टरले बिरामीसंग गर्ने व्यवहार अत्यन्त सरल र सहिष्णु हुनुपर्दछ । धेरै दम्पत्तिको सहबासको समय मिलेको हुंदैन । बेसमयको सहबासले गर्भ रहदैन । उनी सबैभन्दा पहिले यसैबारेमा दम्पत्तिलाई जानकारी दिन्छन् । सानासाना कुराबाट उपचार शुरु गर्छन । सानै कुराको तलमाथिले ठूलो समस्या झेलेका कैयौं बिरामी उनले भेटेका छन् । उनी बिरामीलाई खुलस्त हुने मौका दिन्छन् । ससाना कुरापनि चाखपूर्वक सुनिदिन्छन् । डाक्टरसंग आफ्ना कुरा खुलेर राख्न पाउंदा विरामीको आधा रोग निको भइसक्ने उनको अनुभव छ । कतिपय डाक्टरहरु विरामीलाई आफ्ना कुरामात्र सुनाउंछन्, बिरामीका जिज्ञाशालाई वेवास्ता गरिदिन्छन् । डाक्टर रिजाल भन्छन्,‘म डाक्टर कि त डाक्टर भनेर बिरामीसंग कुर्लनेपनि छन् । ति त डाक्टर नै होइनन् ।’

रिजालका लागि कामुकता

प्राय पुरुषलाई महिलाका संवेदनशील अंगका छेउछाउ देख्दापनि उत्तेजना पैदा हुन्छ । ति पुरुषका नजरमा रिजाल औधी भाग्यमानी पुरुष हुन् जसले दिनहुं मै हुं भन्ने महिलाका पनि सबै अङ्ग छामछुम गर्न पाउंछन् । अहिलेसम्म हजारौं महिलालाई निबस्त्र नियालिसकेका छन् । के रिजाललाई कामबासनाले छुंदैन ? उनी भन्छन्, ‘कामबासना नहुंने होइन, तर ध्यान त्यता जादैन । कामबासनाको पनि बेला हुन्छ । हर्मनलाई बशमा राख्न नसक्ने हो भने असल चिकित्सक बन्न सकिदैन ।’ डाक्टर रिजालसंग रोचक प्रसंगको गोदाम नै छ । अनेकन पात्रसंग जोडिएका अनेकौं कहानी उनको दिमागमा रिलजस्तै घुमिरहन्छन् । बर्षौ पहिले उपचारका लागि आएकी झण्डै ९० बर्षकी वृद्धालाई उनी कहिल्यै भुल्दैनन् । उनी शिक्षण अस्पतालमा थिए त्यतिखेर । ति बृद्धा भोला रिजाल खोज्दै आइन् । ‘भोला मै हुं आमा’ उनले परिचय दिए । उपचार शुरु भयो ।

तल्लो पेट दुख्ने समस्याका कारण उनी अस्पताल आएकी रहिछन् । रिजालले पेट छामछुम गरे । अब तलपनि हेर्न पर्ने भयो भनेर रिजालले के भनेका थिए, उनले पेटमात्रै हेरेर रोग पत्ता लगाउनुपर्ने सुझाइन् । पुरुषलाई देखाउन गाहे लागेर हो की भन्ठानेर उनले महिला विशेषेज्ञलाई बोलाइदिने जनाए । तर ति महिलाले तल्लो भाग नदेखाउने भन्दै हिडिन् । ‘देखाउन मिल्ने भए त तिम्लाई नै देखाउंथे नि ।’ ति बृद्धाको जवाफ उनको कानमा गुन्जिरहन्छ । भोला को हो भन्ने चिनेका हुंदैनन् धेरै बिरामीले । तर, स्त्रीरोगको क्षेत्रमा भोला नाम आफैंमा ब्राण्ड बनिसकेको छ । भोलालाई देखाइयो भनेपछि धेरै बिरामी ढुक्क हुन्छन् । उनको नाम यति चलेको छकी बिरामी उनीसंग सहजरुपमा प्रस्तुत हुन्छन् । संक्रिण समाज भनिएपनि नेपालका महिलाहरु ओपन रहेको उनले अनुभव गर्न पाएका छन् । उनको अनुभवले भन्छ हिजोआज महिलाले यौनाङ्गको उपचार गर्न अफ्ठयारो मान्न छाडेका छन् ।

साना समस्या ठूला पीडा

केही बर्ष अघिसम्म यस्तो थियो कण्डमको विज्ञापन आउंदा रेडियो टिभी बन्द गरिन्थ्यो । अहिलेपनि परिवारमा यौनका बारेमा खुलेर कुरा हुंदैन । जुन समाजमा दांत माझ्नुपर्छ भनेर सिकाउनुपर्छ त्यहीं समाजमा यौनाङ्ग सफा राख्नुपर्छ भनेर सिकाइदैन वा सिकाउन आवश्यक ठानिदैन । आमाले छोरीहरुलाई यौनाङ्गको सुरक्षाका बारेमा सिकाउनुपर्ने उनको सुझाव छ । रिजालका अनुसार यौनाङ्ग फोहोर हुंदा संक्रमणको डर हुन्छ । विभिन्न रोग लाग्दछ । महिनावारी हुंदा सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनको सुझाब छ । ‘सरसफाइ गर्नुपर्ने ठाऊंमा झन् फोहोर गरिन्छ ।

सफाइका लागि प्रयोग हुने टालाटुली लुकाएर राखिन्छ । धेरै समय चिसै हुंदा किटाणु जन्मिन्छ । पुर्नप्रयोग गर्दा रोग सल्किन्छ ।’ रिजालको सुझाव छ, ‘महिनावारी हुंदा प्रयोग गरिने टालाटुली राम्रोसंग धोएर सुकाएपछिमात्र प्रयोग गर्नुपछ ।’ महिनावारी हुंदा अचाक्ली पेट दुख्ने समस्या धेरैमा हुन्छ । तर, महिलाहरु पीडा लुकाएर बस्छन् । हर्मनको कारणले पनि पेट दुख्ने हुन्छ । अर्को, यौनाङ्गको राम्रोसंग विकास नहुंदा पेट दुख्ने हुन्छ । राम्रोसंग यौनाङ्ग विकास नहुंदा विकार रगत पूरै बाहिरिन पाउंदैन । भित्र रहेको रगतले पीडा दिन्छ ।

चिकित्सकसंग परार्मश गर्दा कारण पत्ता लाग्छ । पीडाबाट सजिलै मुक्ति पाइने रिजालको सुझाव छ । हिजोआज नयांनयां रोग देखिने गरेका छन् । यौन अत्यन्त संवेदनशिल पक्ष हो । त्यसैले केही समस्या छ जस्तो लागेमा चिकित्सकसंग परार्मश लिनुपर्ने रिजाल सुझाउछन् । यौन अङ्गको विकास भइनसकेका विरामीको संख्या क्रमशः बढ्दै गएको छ । हप्तामा दुईचार जना यस्ता बिरामी आफ्नोमा आइरहने उनी बताउछन् । यौनाङ्गका बारेमा सचेतना फैलाउन राज्यले कार्यक्रम ल्याउनुपर्ने उनको जोड छ ।

साहित्य र चिकित्सा परिपुरक

डाक्टर भोला रिजाल साहित्यकारपनि हुन् । उनी कवि हुन् । गितकार हुन् । अभिनयकर्ता हुन् । लेखक हुन् । उनी सब हुन् । उनी बाल्यकालमा संगितमा खुब डुबेका थिए । गायनमा भिन्दै शोक थियो । अध्ययनका कारण उनी डाक्टर भए । तर, साहित्यमापनि उत्तिकै अब्बल दरिएका छन् । उनलाई साहित्य र चिकित्सा विधा परिपुरक लाग्छन् । साहित्य नबुझेको मान्छेले अरुको संवेदना नबुझ्ने उनको ठहर छ । त्यसैले उनी चिकित्सक हुनुपुर्व साहित्यको स्वाद र संवादको शैली सिक्न आवश्यक रहेको बताउंछन् । भन्छन्, ‘मिठासपूर्ण अभिव्यक्ति चिकित्सकको नभइ नहुने गुण हो ।

साहित्यको स्वाद र संचारको शैली भएमात्र असल चिकित्सक बन्न सकिन्छ ।’ उनले क्लिनिकमा भेटेकै पात्र र कथालाई साहित्यमा ढाल्छन् । चलचित्र साथीमा निसन्तान दम्पत्तिको कथा छ । छोरीबुहारीमा नर्सको कथा छ । अप्सरा, गौथली, एक नम्बरको पाखे सबैमा उनले क्लिनिकमा भेटेका पात्र र परिवेशकै कथा छ । उनलाई भेट्न विरामीमात्र आउंदैनन् । विभिन्न क्षेत्रका व्यक्ति आउंछन् । राजनीति गर्न प¥यो भन्दै अफरपनि आउने गर्दछ । उनले यस्तै बहशबाट साहित्यको मूल फुंटाउछन् ।

तिमीलाई चिन्ता छ अर्को जनमको म यही जनमको कुरा सोच्दैछु तिमी भन्दैछौं तराई पहाड बाडम म सोच्दैछु तराइ पहाड कसरी जोडम

यि सृजना त्यसै जन्मिएका होइनन् । माओवादी युद्धको राप र ताप थियो । दिनदिनै मान्छे मरेको मरयै , अस्पतालमा घाइतेको ओइरो लाग्थ्यो । रिजालले आफ्नो दर्द गितमा पोखे ।जो मरेपनि नेपाली नै मर्दछ जित हुंदैन नेपालीको जसले हारेपनि

रामकृष्ण ढकालले स्वर दिएको यो गितले राजनीतिमा समेत तरंग ल्याइदियो । उनले हिंसाको विरोधमा शब्दबांण गरेका थिए । हिंसामा सामेल दुबै पक्षका विपक्षमा उनी उभिएका थिए । राज्य र विद्रोही दुबैबाट उनलाई खतरा थियो । तर, साहित्यले खतरा भनेन । संवेदनाभन्दा ठूलो अरु केही रहेन । 

Dr. Bhola RIjal interview