विदेश

पेरिसबाट उडेको इजिप्ट एयर सम्पर्कबिहिन

पेरिसबाट उडेको इजिप्ट एयर सम्पर्कबिहिन
जेष्ठ, ६ प्रान्सको पेरिसबाट इजिप्टको राजधानी कायरो उडेको इजिप्ट एयर बिमानको राडारसँग सम्पर्क टुटेको छ । बिमान बुधबार राति ११ बजेर ९ मिनेटमा पेरिसबाट उडेको थियो । [caption id="attachment_1485" align="alignnone" width="1600"]GTY_EgyptAir_Generic_BM_20160518_12x5_1600 ABC[/caption] कायरोको स्थानीय समय अनुसार बिहान २ः४५ बजे बिमानको राडारसंग सम्पर्क बिछेद भएको थियो । बिमान ७३ हजरा फिट माथि उडिरहेको बेला एक्कासी राडारसंग सम्पर्कबिहीन भएको एयरलाइन्सले जनाएको छ । फ्लाइट एमएस ८०४ मा ५९ यात्रु र चालक दलका १० सदस्य छन् । बिहीबार बिहान ३ बजे कायरो बिमानस्थल आइपुग्नुपर्ने बिमान १५ मिनेट अगाडी सम्पर्क बिहिन हुन पगेको छ । एयरलाइन्सका अनुसार इजिप्टको हवाई क्षेत्रमा १६ किलोमिटर छिरिकेपछि बिमान सम्पर्क विहिन भएको थियो । बिमानको खोजी गर्न उद्दार टोली खटाइएको छ । ग्रीसका अधिकारीसंगको समन्वयमा खोजी कार्य सुरु गरिएको छ । विश्वभरका बिमानको ट्र्याक गर्ने वेबसाइट फ्लाइट राडारका अनुसार उक्त बिमान एयरबस ए३२० हो । यो भन्दा पहिाल मार्चमा पनि इजिप्ट एयरको बिमान अपहरण गरी साइप्रस र्पुयाइएको थियो । साइप्रस पुगेलगत्तै अपहरणकारीले आत्मसर्मपण गरेका थिए । एजेन्सी