विदेश

जाेखीममा रहेकाे जगन्नाथ मन्दिर जुनसुकै बेला ढल्न सक्छ

जाेखीममा रहेकाे जगन्नाथ मन्दिर जुनसुकै बेला ढल्न सक्छ
एजेन्सी भारतिय पुरातत्व सर्बे ‘एएसआई’ का अनुसार ओडिसामा पुरीको जगन्नाथ मन्दिर कुनै पनी बेला ढल्न सक्ने जनाएको छ ।एएसआई का अध्यक्ष जिसी मित्राका अनुसार मन्दिर धेरै जाेखीममा  रहेको बताइएकाे  छ । मन्दिर समयमा नै सही कदम नउठाए जुनसुकै समयमा ध्वस्त हुन सक्छ । उनले यो बताउदै आफ्नो पदबाट राजिनामा दिएका छन् ।अध्यक्ष को  बयान पछि ओडिसामा हरेक ठाउमा सर्बत्र  चर्चाकाे बिषय बनेकाे छ । प्रदेश कांग्रेस समिती का अध्यक्ष प्रसाद हरिचंदनले मित्रा लाई राजिनामा फिर्ता लिन आग्रह गरेका छन यो भन्दा पहिले राज्य का मुख्यमन्त्री नबिन पटनायकले प्रधानमत्रीं नरेन्द्र मोदी लाई मंदिर परिसरको मर्मतको लागी ध्यान आर्कषण गराएका थिए । सोमबार नया दिल्लीमा भएको एक उच्च स्तरिय बैठकमा संस्कृति मंत्री डा. महेश शर्मा, एएसआई के महानिर्देशक र अन्य अधिकारी बिच पनि  उक्त बिषयमा चर्चा भएको थियो । बैठक पश्चात ,मन्दिरको मर्मत कार्य गर्न तूरुन्त संस्कृित सचिबको नेतृत्वमा एक टिम गठन गरिएको छ ।पेट्रोलियम मंत्री धर्मेन्द्र प्रधानले ले बैठक पश्चात मंदिरको मर्मतको लागी पैसाको कमी हुन नदिने बताएका छन् । जगन्नाथ संस्कृती करौडौं मानिसको भावना संग जोडिएको हुनाले भारत सरकार यस बिषयमा गभिंर भएको समेत उनले बताएका छन् ।राज्यका मुख्य मंत्री पटनायक को पत्र पाएपछि प्रधानमंत्री मोदी ले आफै यस बिषयलाई हेरिरहेको बताईएको छ ।