मनोरञ्जन

आफ्नो छबी बदल्दै नायिका सनी लियोनी

आफ्नो छबी बदल्दै नायिका सनी लियोनी

एजेन्सी ।  पाेर्न स्टारबाट बलिउड छिरेकी हट एन्ड बोल्ड नायिका सनी लियोनी आउँदो चलचित्र बेइमान लभमा बिल्कुलै नौलो अवतारमा देखिने भएकी छन् । 

अत्यन्तै सेक्सी अबतारमा बिभिन्न चलचित्रमा देखा परिसकेकी सनी भन्ने बित्तिकै उनको हट एन्ड बोल्ड फिगर आँखाअगाडि नाच्न थाल्छ । उनका चलचित्र हेर्ने दर्शकले केही बोल्ड दृश्यको चाहना राख्दछन् ।

डार्क म्युजिकल थ्रिलर श्रेणीको यो चलचित्रले सनीको पहिचान बदल्नेछ । चलचित्र बेइमान लभमा सनीका श्रीमान्ले समेत अभिनय गरेका छन् । निर्देशक चौधरीको दाबीअनुसार अभिनयका हिसाबले पनि सनी अब्बल नायिका हुन् भन्ने कुरा यो चलचित्र हेरेपछि प्रमाणित हुनेछ ।

चलचित्रका निर्देशक राजीव चौधरीका अनुसार यो चलचित्रमा सनी फरक रूपमा प्रस्तुत हुनेछिन् । सनीबाट अन्तरंग सिनको अपेक्षा गर्ने दर्शकले उनको आगामी चलचित्र ‘बेइमान लभ’ मा भने त्यस्ता दृश्य हेर्न पाउनेछैनन् ।

हुन त यो चलचित्रको नाम नै बेइमान लभ छ । चलचित्रको शीर्षकअनुरूप कहीं न कहीं प्रेम, धोका वा रिलेसनसिपको कुरा आउनुपर्ने हो, तर चलचित्रका निर्देशक राजीव चौधरीका अनुसार यो चलचित्रमा सनी फरक रूपमा प्रस्तुत हुनेछिन् ।