समाचार स्वास्थ्य

यस्ताे छ क्यान्सर अाैषधीकाे अबैध धन्दा गरेपछि लाग्ने कानुन

यस्ताे छ क्यान्सर अाैषधीकाे अबैध धन्दा गरेपछि लाग्ने कानुन

काठमाडाैँ । प्राणघातक रोग क्यान्सरका बिरामीले खाने पेनकिलर औषधी पछिल्लो समय लागूऔषध प्रयोगकर्ताहरुले नशाका लागि सेवन गर्न थालेको पाइएको छ ।

नेपाल आजले काठमाडौं र उपत्यका आसपासका विभिन्न औषधी पसल र दुव्र्यसनीमा परेका व्यक्तिहरुसंग गरेको सोधपुछमा क्यान्सरको औषधीको दुरुपयोग हुने गरेको तथ्य फेला पारेको हो । लागूऔषध प्रयोगकर्ताहरुले पेनकिलर औषधी ट्रमाडोल हाइड्रोक्लोराइड, पेट दुख्दा प्रयोग हुने पेनकिलर डाइक्लोमाइन हाइड्रोलोराइड, कफ ट्याब्लेट र कफ सिरप एकै ठाउँमा मिलाएर खाने गरेका हुन् । औषधीको दुरुपयोग बढेसंगै यि औषधीको मागपनि बढेको छ । मानिस पशुपंक्षी वा जनावरकाके कुनै पनि रोगको निदान, उपचार रोकथाम वा रोग कम गर्नको लागि प्रयोग गर्न् पदार्थ वा त्यस्ता विविध रोगहरुको निदान गर्न गरिने सहयोगी पदार्थ औषधी हो भनी औषधी ऐनमा उल्लेख गरिएको छ ।

 के छ अाैषधी एेनमा  

२०३५ साल कार्तिक आठ गते औषधी ऐन पारित भयो । २०३६ सालमा त्यही ऐनको दफ पाँच अनुसार नेपाल सरकारले (तत्कालिन श्री ५ सरकार) ले औषधी व्यवस्था विभागको स्थापना ग¥यो उक्त दफामा औषधीको झुटा तथा भ्रमात्मक प्रचार हुन नदिन्, औषधीको अनुचित प्रयोग, दुरुपयोग हुन नदिनु । जनसुरक्षीत नभएका, असर युक्त नभएका र गुणयक्त नभएका औषधीहरुको नियन्त्रण गर्ने उद्देश्यका साथ औषधी व्यवस्था विभागको स्थापना भएको थियो । यसै ऐनको दफा १७ औषधीलाई क (लागु औैषध र विषाक्त) ख (एन्टिबायोटिक र हर्माेनस) र ग (सामान्य) गरी तीन भागमा विभाजन गरिएको छ । औषधी ऐनको दफा १७ मा क र ख समूहको औषधी बेच्न डाक्टरको प्रेस्क्रिप्सन अनिवार्य हुनु पर्ने उल्लेख छ ।यसै ऐनको दफा ३३ मा क र ख समूहको औषधी पसलले औषधी विक्रि वितरण गर्दा प्रेस्किप्सन साथमा राख्नु पर्ने र त्यसको रेकड राख्नु पर्ने व्यवस्था छ ।

यस्ताे हुन्छ दण्ड सजाय

निरिक्षकले निरिक्षण गर्दा औषधी ऐन विपरित कुनै पनि कार्य भए गरेको पाइएमा औषधी सिल गर्न सक्ने, त्यसको नमुना लिन सक्ने, अनुसन्धानको सिलसिलमा औषधी पसलेलाई २५ दिनसम्म थुनामा राख्न सक्ने र धरौटीमा छोड्न सक्ने अधिकार निरिक्षकलाई दिइएको छ । यस्ता औषधी बेच्दा ज्यानलाई खतारा हुने भएमा जन्मकैद र जरिवाना, अंगभंग भएमा १० वर्ष जेल र जरिवाना र अन्य अवस्थामा पाँच वर्षको जेल र जरिवाना हुने व्यवस्था औषधी ऐनमा गरिएको छ । त्यसै गरी औषधी ऐनमा कुनै पनि औषधी पसलेले लागु औषध प्रयोजनको लागि औषधी विक्रि वितरण गरे जन्मकैद हुने व्यवस्था छ ।

के भन्छ औषधी व्यवसायी संघ

औषधी व्यवसायीलाई निरिक्षण गर्ने निकाय औषधी ब्याबसायी महासंघमा ५ जना निरिक्षक रहेका छन । जसले बागमती, गण्डकी र धौलागिरी अंचलका अधिकांस जिल्लाहरु निग्रानी गर्नु पर्ने हुन्छ । औषधी व्यवसाय महासंघमा कर्मचारीको अभाव र पर्याप्त प्रमाणको कमीले गर्दा पनि कारबाही हुन नसकेको देखिन्छ । औषधी व्यवसायी महासंघका सूचना अधिकृत नारायण प्रसाद ढकालले महासंघको पहुँच कम भइ निगारनी गर्न नसकेकाले कारवाही हुन नसकेका स्वीकार छन् ।

प्रस्तुती  सागर बुढाथाेकी