खेल

युनाइटेडको क्रिष्टल प्यालेसविरुद्ध शानदार जित

युनाइटेडको क्रिष्टल प्यालेसविरुद्ध शानदार जित
मंसिर–३० । इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई २–१ गोल अन्तरले हराएको छ । यससँगै युनाइटेडले लगातार दास्रो जित दर्ता गरेको छ । युनाइटेडका लागि पउल पोग्बा र जाल्टर इब्राहिमोविचले १–१ गोल गरे । क्रिष्टल प्यालेसका लागि भने जेम्स म्याकअथरले मात्र एक गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा पोग्बाले गोल गर्दै युनाइटेडका लागि सुरुवाति अग्रता दिलाएका थिए । खेलको ६६ औँ मिनेटमा म्याकअथरले प्यालेसका लागि बराबरी गोल फर्काए । तर इब्राहिमोविचले खेल सकिन दुई मिनेट मात्र बाँकी हुँदा गोल गर्दै महत्वपूर्ण जीत दिलाए । २७ अंकका साथ म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा रहेको छ । १५ अंकसहित क्रिष्टल प्यालेस १६ औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग क्रिष्टल प्यालेस म्यानचेस्टर युनाइटेड
ADVERTISEMENT