खेल

सोलिडारिटी कप विजेता टोलीका सदस्यलाई जनही तीन लाख पुरस्कार

सोलिडारिटी कप विजेता टोलीका सदस्यलाई जनही तीन लाख पुरस्कार
मंसिर–२४ । एएफसी सोलिडारिटी कप जितेर आएका नेपाली राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले जनही तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा कार्यसमितिको बैठकले विजेता टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो । बैठकले थ्रीस्टार क्लब एएफसी क्लब च्याम्पियनसिपको प्लेअफ खेल्नबाट वञ्चित भएकोबारे छानबीन गर्न वीरबहादुर खड्का, रमेश रायमाझी र सन्जिव मिश्र सम्मिलित समिति गठन गरेको छ । मलेसियामा भएको सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउलाई हराउँदै पहिलो पल्ट एएफसीले आयोजना गरेको प्रतियोगिताको उपाधि जितेको थियो ।

एएफसी सोलिडारिटी कप एन्फा
ADVERTISEMENT