कला साहित्य

प्रेमपत्रः आखिर तिमीले हेर्ने जुन र मैले हेर्ने जुन त उहि छ

प्रेमपत्रः आखिर तिमीले हेर्ने जुन र मैले हेर्ने जुन त उहि छ
ram-simkhada –राम सिम्खडा प्रिय सानू शाराधा (काली) मिठो सम्झना !!

अशान्त मन र जलिरहेको मुटुसहित परदेशबाट तिम्रो नाममा सायद अन्तिम उपहार स्वरुप यो पत्र प्रेषित गरेको छु । मन त थिएन तिमीलाइ यी सब लेखेर तिम्रो ब्यक्तिगत जिबनलाई आघात पुरयाउनु तर पनि हेरन उठिसकेका यी निर्दोष कलम र मन भित्रका बोझीला अनी चोटिला भाबनाहरु पोख्नुबाहेक यतिसम्मको अधिकार त दिन्छौ होला नि हैन ? जब कि मसँग कुनै अधिकार नै छैन !

समयको यो लामो दौडानपछि आज अनायासै मायाका बेगहरु थेग्नै नसकिने गरी भेल बनेर उर्लिएको छ । तिमीले त मलाइ बिर्सी सक्यौ होला । म पनि तिमीलाइ बिर्सने चेष्टा गर्दै छु । तर आज अचानक बर्षौंपछि तिम्रो स्मृतिहरु सपनामा प्रतिबिम्ब बनेर आएको छ । त्यही नशालु नजर, मन्द मुस्कुराहटले मलाइ नै जिस्काइरहेछ सानू । ति तिम्रा मुल्यहीन आँसुहरु मेरा लागि अमूल्य उपहार थिए । मैले त्यही तिम्रो आँशुमा आफ्नो सुन्दर भबिष्य बगाएको थिएँ । म मेरो उज्यालो भबिष्य खोज्दै परदेशीएको मान्छे सानू । अझै  ताजै छन् यी नयनको अनन्त गहिराइ भित्र डुबेर तिम्रा आँसुले भिजेका यी काखहरु ।

पूर्णिमाको रातहरुमा अझै पनि आकाश तिर फर्केर चन्द्रमाको उज्यालो हेर्छु । अनि सोच्छु, यो चन्द्रमा तिमीले पनि त हेरिरहेकी होलिउ । यो चन्द्रमाको शितलता तिम्रो शरिरमा पनि त सञ्चारित भइरहेको होला । धेरै कुरा बदलियो, तर तिमीले हेर्ने चन्द्र र मैले हेर्ने चन्द्र उस्तै छ सानू ।

अझै पनि टोह्लाएर पूर्णिमाको १५ दिन आउने औंशीको निष्पट्ट अध्यारो चिर्दै हातमा मैनको उज्यालो बोकेर तिमी म तिरै आउँदै गरेको सपना देख्छु । मलाई थाहा छ, सपना देख्न पनि हैसियत चाहिन्छ । जथाभावि सपना देख्न पाइन्न । तर मायामा यस्ता नियम कहाँ मान्न मन लाग्दो रहेछ र ?

ती अँध्यारा शुन्य रातका चम्किला ताराहरुलाइ हेर्छु । कतै तिमी त्यसरी नै मलाइ चिहाइरहेकी छौं कि भनेर । तर सबै यी मेरा निरर्थक प्रयास मात्र थिए । टाढा, धेरै टाढा क्षितिजपारिएको एउटा बिल्कुल नयाँ झिलिमिल संसारमा तिमी रमाइरहेकी छौं । कहिले काहीँ लाग्छ, कहाँ तिमी त्यो संसारकी कहाँ म यो मरुस्थलमा ।

तिमीलाई बिर्सन नचाहेको होइन । कोशिस नगरेको होइन । तिम्रो यादका सबै वस्तु सबै तस्बिर नजलाएको होइन । तर सानू, कसै गरि सकिनँ यो मन भित्र गढेको तिम्रो तस्बिर मेटाउन ।

अझै पनि तिमी प्रति कति समर्पित छु, हिजो भन्दा पनि कयौं गुणा । आज तिमी प्रतिको माया,मोहहरु प्रगाढ भएको छ । खै किन मान्दैन मन जस्लाई सम्झेर मन दुखाउनु मात्र हो । मन बराल्नु मात्र हो । आकाशको जुनलाई छुने सपना, सपना मात्र हो भन्ने जान्दा जान्दै पनि फेरी किन त्यही सपना बारम्बार बोकी रहन्छ यो मन ?

हो, साराधा तिमी त्यहि जुन हौ, जस्लाई हेरेर कल्पिने मात्र हो तर पनि शब्दहरु यो मन मस्तिष्कको अन्तर कुन्तरबाट प्रकट भईदिँदा यो निर्जिव कलमको माध्यमबाट अर्थपूर्ण जिन्दगीको भावपूर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा परदेशी जीवन विताउने कोशिस गरिरहेको छु ।

हृदयमा पिडा भएर पनि देखावटीपनको संसारमा सदा खुसी रहिरहने यो स्वार्थी संसारमा मिठामिठा सम्झनाका कोसेलीहरुलाई पलपलमा उब्जिएका तरेलीहरु यो सेता कागजमा निर्जीव तर संसारलाई चमत्कार गर्न सक्ने र विनास पनि गर्न सक्ने शक्तिवान कलमको सहारा लिएर भावपूर्ण जिन्दगीको सुनौलो यात्रालाई सुखद समुन्नति समृद्धिको लागि दिनहुँ भगवानसँंग प्रार्थना गरिरहेको छु ।

बाचा त हामीले जोडी ढुकुरको जस्तै सँगै जिउने, सँगै मर्ने गरेका थियौं । तर के भनौं आखिर अदृश्य भए पनि जिन्दगीको हरेक पल हरेक कोणबाट माया र ममतामा नै सजाएको थिएँ । दैवको लिला भनौं या त तिम्रो परिवारको खेल या समयको खेल भनौं विडम्बना यस्तो हुन गयो । तिम्रा ती आफना मनमा गुम्सिएका तरङ्गहरु खुलस्त रुपमा तिमीले फुकाउन किन सकिनौं ?

आखिर मनमस्तिष्क र हृदयको कुना कन्दरामा बास बसिरहने र दुःख र सुखको सामना गर्नु पर्ने यो नै भगवानको नियम भएकोले मानिसले चाहेर पनि जिन्दगीमा सबै चिज पाउँदो रहेनछ भन्ने कुरा तिमीले नै प्रष्ट बनाई दियौं ।

कल्पनाको संसारमा वालुवाको महल बनाए झै तिम्रो मन मस्तिष्कलाई मेरो हृदयको कुना कन्दरामा सजाएको थिएँ । आखिर मैले तिमीलाई हृदयदेखि नै माया गरेकै थिएँ । तिम्रो हरेक लक्ष्यमा मेरो साथ रहि रहने छ । तर पनि तिमीले आफुलाई स्वार्गको अप्सरा जस्तै सर्वोत्कृष्ट ठान्यौ । मेरो पवित्र मायालाई कसिङ्गर सम्झेर हावामा उडाई अरुको संसारमा रमाउन चाहन्थ्यौ भने किन मायाको फोस्रो जाल बुन्यौं ?

प्रेममा कामना मात्रै हुन्न । प्राप्तिमात्रै प्रेम होइन । त्याग पनि प्रेम नै हो । तिमीले भन्थ्यौं भने तिम्रो खुसीका लागि म हाँसिहाँसि तिमीलाई त्याग गरिदिने थिएँ । अबिरजात्रा गरेर तिमीलाई बिदा गर्ने थिएँ । गुनासो यति मात्रै हो–भन्नेहरुले भन्थे, ‘नारी पृथ्वी हो’ । सानू मलाई भनिदेऊ, यति ठूलो पृथ्वीमा मैले टेक्ने ठाउँ किन पाईनँ ?

विश्वास दिनेलाई माया भनेको जिवनको अभिन्न अङ्ग हो खेल सम्झने हो भने मायालु एउटा अस्थिपञ्जरको हाड नै त हो जिन्दगी । आखिर जति नै धनाढ्य शिक्षित सुन्दर भए पनि एकदिन यो स्वार्थी संसारबाट खाली हात यमराजको घरमा अवश्य पनि जानै पर्ने दिन आउनेछ । यो सृष्टिको सुनिश्चित नियम नै हो । त्यसैले यो लामो दुई दिनको जिन्दगीको मुल्यवान समयलाई सही ठाउँमा सदुपयोग गरि हाँसिखुसी रमाउने बाचा त दिएको थिएँ ।

सायद, मेरो यो जिन्दगी यो युगमा यस्तै भई हाल्यो । तिम्रा ति अब आउने दिनहरुमा कहिले दुःख र संकट भन्ने कुरा नआओस् सदा सर्वदा खुशी रही तिम्रो त्यो सुन्दर मुहार सदा–सदाको लागि खुसी रहिरहनु यहि छ मेरो हृदय देखिको शुभ कामना । ‘लभ यू, टेक केयर डियर ।’

गुम्दी –५ धादिंङ हालः जापान, टोक्यो

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्