कला साहित्य

बजारमा आउँदै छ यस्तो किताब जसको नाम तपाईले भन्न पनि सक्नुहुन्न !

बजारमा आउँदै छ यस्तो किताब जसको नाम तपाईले भन्न पनि सक्नुहुन्न !

लेखक परिचित पात्र हुन् । विश्वका प्रशिद्ध विश्वविद्यालयमा पढेका उनी आफूलाई नेपालको सबैभन्दा धेरै प्रमाणपत्रधारी व्यक्तिका रुपमा चिनाउछन् । तर सजिलै भन्छन्, ‘मैले पढेको ज्ञान व्यर्थ रहेछ । प्रकृति लुकाएर अर्कै पढाइएको रहेछ । जीवन जगतको अपव्याख्या गरिएको रहेछ ।’ संयुक्त राष्ट्र संघमा कृषि बैज्ञानिकरुपमा काम गरिसकेका उनी पछिल्लो समय राजनीतिमा सक्रिय छन् । उनी अर्थात कृषि बैज्ञानिक मदन राईले किताब भने विल्कुल फरक विधामा लेख्दैछन् । यस्तो किताव जसको शिर्षकले नै समाजमा तरंग पैदा गर्नेछ । उस्तै परे उनीमाथि आलोचनाको वर्षा हुनेछ र सामाजिक बहिष्कारपनि ।

‘सुकरातलाई बिष खुवाएर मारियो जबकी सुकरात भविष्यद्रष्टा थिए । गौतम बुद्धले दरबार छोडेर हिडे जबकी उनी भौतिकरुपमा सुखसयलमा थिए । म त सामान्य मान्छे हुँ, समाजले पक्कै प्रहार गर्ने छ । तर, जीवन जगत बुझेको नाताले मैले किताब लेख्नै पर्छ ।’ उनले प्रष्टिकरण दिंदै भने । राईका अनुसार संसारको समस्या र आनन्दको मुहान यौन हो । यौनलाई बन्देज गर्दा समस्या चुलिँदै गएको राईको दाबी छ । उनी तर्क गर्छन, ‘खाने मुखलाई लिपिष्टिक लगाएर चिटिक्क पार्ने, जन्माउने अंगलाई छोपेर लुकाउने ? त्यसैले मैले यस बारेमा खुला बहश गर्दैछु पुस्तक मार्फत ।’ विषय भनिसक्दा पनि उनले पुस्तकको नाम भन्न हिच्किचाइरहे । पटक पटक नामै सोधेपछि उनले थपे, ‘योनी, लिङ्ग र गुदद्वारलाई ठेट भाषामा के भनिन्छ त्यहीं नाममा पुस्तक लेख्दैछु । मेरो पुस्तकको नाम लाडो, पुती र कण्डो हो ।’

‘यस्तो किताव ? नामैले समस्या पार्ला ?’ उनी हच्किएनन्, ‘भन्नै नहुने भए शब्दकोषमा किन लेख्ने ? मैले भाषाविद् कमलमणि दिक्षित, नवलकिशोर राईलगायतलाई सोधेँ । ति शब्द बोल्दा फरक नपर्ने सुझाव पाएँ । जीवन जगतको मुहानका बारेमा किन लुकाएर कुरा गर्ने ?’ राईका अनुसार उनी किताव लेखनका लागि यौनका बारेमा परीक्षण गरिरहेका छन् । उनी यौनलाई परमानन्दसँग र भगवानका रुपमा व्याख्या गर्छन् । यसलाई लुकाउनै नहुने उनको धारणा छ । ‘शिब लिङ्ग के हो ? पार्वतीको योनी र शिबको लिङ्गलाई गएर ढोग्ने, आफ्नोलाई छोप्ने ? यो प्रकृति सँगत छैन ।’ उनको तर्क छ ।

परस्त्री गमन गरेको प्रष्ट बताउँने राई विवाहलाई बन्धन मान्दछन् । दुई श्रीमतीसँग बिहे गरेका राई भन्छन्, ‘मैले २ बिहे गरे । १३ बर्षमा पहिलो पटक यौन अनुभव गरेँ । जेठीसँग १० बर्ष सँगै बसे । कुरा मिलेन । उनीसँग बिच्छेद भयो । दोस्रीसँग ४४ बर्षदेखि सँगै छु । संसारकै सुखी जोडी हौँ हामी । यौनका बारेमा हामी एकअर्कालाई स्वतन्त्र छाड्छौँ ।’ विद्यालयमा यौन शिक्षा अनिवार्यरुपमा दिनुपर्ने उनको धारणा छ । व्यवस्थितरुपमा जोसँग पनि सम्भोग गर्दा हुने उनको भनाइ छ । उनी यौनलाई गोप्य र सिमित गर्दा अनेक समस्या आएको धारणा राख्छन् । ‘सारा समस्याको जड यौनमा गरिएको बन्देज हो । संसार डुलेपछि मैले तथ्य पत्ता लगाएँ । अब नलुकाइ लेख्छु । लेखे बापत मलाई गाली हान्लान्, गोली दाग्लान् । केही फरक पर्दैन । मैले ७० बर्ष बाँचे अब अर्कोरुपमा बाच्ने छु । म मरे पनि मेरो आत्मा मर्ने छैन । कसै न कसैले सत्य कुरा गर्नुपथ्र्यो, मैले गर्दैछु ।’

">

">

(कृषि बिद् मदन राईसँग सम्बन्धित समाचारमा प्रयोग गरिएका कतिपय शब्द अशिष्ट लाग्न सक्छन् । एक बिद्धानले लेख्न लागेको किताबको नाम नै नलेखी समाचार पूर्ण नहुने भएकाले लेखिएको हो । खुला बहशका लागि खुला अभिव्यक्ति दिएको राईको तर्क छ । उनले अझ प्रष्टरुपमा भिडियो अन्र्तवार्तामा विषय प्रष्ट गरेका छन् । किताबको विषय मुख्य गरी भिडियोको भाग दुईमा रहेको छ ।)


र योपनि, कृषि वैज्ञानिक मदन राई भन्छन्, ‘लिंग र योनी छोप्ने कुरा होइनन्’

madan rai's book

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्