खेल

हिगुइनले पूर्वक्लब नापोलीलाई हरायो

हिगुइनले पूर्वक्लब नापोलीलाई हरायो
कात्तिक १४ । गोन्जालो हिगुइनले आफ्नो पूर्वक्लब नापोलीविरुद्ध गोल गर्दै युभेन्टसलाई इटालियन सिरिएमा जित दिलाएका छन् । napoli शनिबार राति भएको खेलमा युभेन्टसले तेस्रो स्थानमा रहेको नापोलीलाई २(१ गोल अन्तरले हराएको हो । र, ११ खेलबाट २७ अंकका साथ शीर्ष स्थानमा छ । अर्जे्न्टिनी फवार्ड हिगुइन कीर्तिमानी ७५ मिलियन पाउण्डमा यो सिजन नापोलीबाट चिरप्रतिद्वन्द्वी युभेन्टस गएका हुन् र, पूर्वक्लबविरुद्ध गोल गर्दा उनले सेलिब्रेसन समेत गरेनन् । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले ५० औं मिनेटमा बोनुचीको गोलबाट अग्रता लिएको थियो । तर, त्यसको चार मिनेटमा नै नोपालीले बराबरी गोल फर्कायो । तर, हिगुइनले ७० औं मिनेटमा गरेको गोल नै युभेन्टसको जितका लागि निर्णायक बन्यो । हिगुइनले गत सिजन कीर्तिमानी ३६ गोल गरेका थिए र क्लब छाड्ने उनको निर्णयले नापोलीका समर्थकहरुलाई दुःखी बनाएको थियो । र, समर्थकहरुले उनको नामको टिसर्ट च्यात्ने लगायतका गतिविधि गर्दै हिगुइनलाई गद्धारको संज्ञा दिएका थिए । आइतबारको खेल अघि नापोलीका प्रशिक्षक मारिजिओ सारीले भनेका थिए कि म उनलाई बधाई दिन्छु, जसरी आफूलाई रिस उठाउने छोरालाई एक बाबुले दिन्छ । तर, हिगुइनले भने गोलपछि सेलिब्रेसन गरेनन् र दुबै हातमार्फत क्षमायाचनाको संकेत गरेका छन् ।

football higuin napoli