खेल

नेइमार बार्सिलोनामा आउनुको रहस्य यस्तो छ

नेइमार बार्सिलोनामा आउनुको रहस्य यस्तो छ
कात्तिक–१२ । बार्सिलोनामा सन् २०१३ मा क्याम्प नोउमा स्थानान्तरण भएपछि नेइमारले धारिलो सहयोगीको रुपमा मेस्सीसँग भूमिका निर्वाह गरिरहेका छन् । यही सहयोगका कारण बार्साले सन् २०१४–१५ को बीचमा दुई ला लिगा र च्याम्पियन्स ट्रफीको उपाधि जितिसकेको छ । neymar-messi तर ब्राजिलका स्टार स्ट्राइकर नेइमार स्पेनिस च्याम्पियन क्लब बार्सिलोनाबाट खेल्नुको रहस्य के हो ? नेइमारका पिताले भने अनुसार नेइमार बार्सिलोनाबाट खेल्नुको कारण पाँच पटकको बालोन डि’ओर विजेता लिओनल मेस्सी हुन् । नेइमारका पिताले आफ्नो छोरा विश्वकै उत्कृष्ट खेलाडी मेसीसँग खेलिरहेको र उनले आफ्नो २४ वर्षे छोरालाई राम्रो खेल्न उत्प्रेरणा दिइरहेको बताएका छन् । ‘हामी सबैलाई थाहा छ, मेसी को हुन् र उनको महत्व के छ ।’ उनी मेरो छोराका ‘आइडल’ हुन् र उनको टोलीमा खेल्नु उसको लागि सुखद पक्ष हो ।,’ नेइमारका पिताले कोप पत्रिकालाई बताए । मेसीसँग खेल्न पाउँदा नेइमार निकै दंग परेको र यसैकारण छोरा बार्सिलोनामा बसेको उनले बताए । ‘मेस्सी र क्रिस्टियानो रोनाल्डो नजन्मिएको भए नेइमारजस्तो खेलाडी नजन्मिन सक्थ्यो । पेले र म्याराडोनाको प्रभावले गर्दा अन्य थुप्रै खेलाडी जन्मिए जस्तो,’ उनले भने– ‘मेस्सी बालोन डि’ओरका लागि योग्य छन् ।’ नेइमारलाई बार्सिलोनाले मेस्सीकै बराबरी तलब दिएर सन् २०२१ सम्मका लागि अनुबन्ध गरेको थियो । नेइमार पनि हालको बालोन डि’ओरको सूचीमा छन् । –एजेन्सी

football Messi neaimar football ma aunuko karan neimar