खेल

कीर्तिमान रच्दै बंगलादेशका मुस्फिकर र इङ्ल्याण्डका कुक

कीर्तिमान रच्दै बंगलादेशका मुस्फिकर र इङ्ल्याण्डका कुक
कात्तिक–१२ । बंगलादेशका कप्तान मुस्फिकर रहिम र इङ्ल्याण्डका कप्तानएलेस्टर कुकले आफ्नो राष्ट्रको लागि नयाँ कीर्तिमान बनाउने तयारी गरेका छन् । mushfiqur-rahim-daily-sun बंगलादेशका कप्तान मुस्फिपरले ५० औँ टेस्ट खेल्ने कीर्तिमान बनाउँदैछन् । उनी बाहेक बंगलादेशबाट हालसम्म २ खेलाडीले मात्र ५० टेस्ट खेल्ने इतिहास रचेका थिए । २ खेलाडीमा मोहम्मद असरफुलले ६१ र हबिबुल बसरले ५० टेस्ट खेलेका थिए । यस्तै इङ्ल्याण्डका कप्तान कुकले पनि आफ्ना अग्रज माइकल आर्थटनको ५४ पल्ट टेस्ट कप्तानी गर्ने कीर्तिमानलाई बराबरी गरेका छन् । यस्तै ५० औँ टेस्ट खेल्ने कीर्तिमान बनाउँदै गरेका बंगलादेशका कप्तान मुस्फिकर रहिमसँगै मुस्फिकर रहिम बंगलादेशका प्रारम्भिक ब्याट्सम्यान तमिमइक्बालले टेस्टमा आफ्नो आठौं शतक पुरा गरेका छन् । उनले मिरपुरमा शुक्रबारदेखि सुरु दोस्रो टेस्टमा इङ्ल्यान्डविरूद्ध पहिलो इनिङमा १ सय ४ रन बनाए । तमिमले इङ्ल्यान्डविरूद्ध टेस्टमा तेस्रो शतक पनि पुरा गरेका हुन् । ४४ टेस्ट खेलिरहेका २७ वर्षीय तमिमले ३ हजार रन पनि पुरा गरिसकेका छन् । तमिमले दोस्रो विकेटका लागि मोमिनुलहकसँग मिलेर १ सय ७० रनको साझेदारी गरेका छन् । जुन टेस्टमा बंगलादेशको छैटौं छिटो शतकीय साझेदारी हो ।

Cricket mushfikar rahim