खेल

मेस्सीलाई उछिन्दै ग्रिजम्यान उत्कृष्ट खेलाडी घोषित

मेस्सीलाई उछिन्दै ग्रिजम्यान उत्कृष्ट खेलाडी घोषित
कात्तिक ९ । लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई उछिन्दै एन्टोनी ग्रिजम्यान स्पेनिस ला लिगाको उत्कृष्ट खेलाडी घोषित भएका छन् । griezman-768x448 २००८/०९ को सिजनबाट सुरु भएको यो अवार्ड लगातार पाँच पटक लिओनल मेस्सीले जिते । २०१३/१४ मा रोनाल्डोले जितेको यो अवार्ड २०१४/१५ फेरि मेस्सीकै हातमा परेको थियो । तर, यो पटक एथ्लेटिको मड्रिडका फ्रान्सेली फवार्ड ग्रिजम्यानले मेस्सी र रोनाल्डाको आधिपत्य तोडेका छन् । मेस्सी र रोनाल्डोपछि यो अवार्ड पाउने उनी पहिलो खेलाडी बने । गत सिजन उनको २२ गोल र पाँच एसिस्टको सहयोगमा एथ्लेटिको मड्रिड ला लिगामा तेस्रो भएको थियो । तर, च्याम्पियन बार्सिलोनाभन्दा मात्र ३ अंकले पछि रहृयो । ला लिगाको अवार्डमा एथ्लेटिका मड्रिडकै बर्चश्व रहृयो । उत्कृष्ट डिफेण्डर डिएगो गोडिन, उत्कृष्ट गोलकिपर ओब्लेक र र उत्कृष्ट प्रशिक्षक एथ्लेटिकोकै डिएगो साइमन बने । बार्सिलोनाका लिओनल मेस्सी उत्कृष्ट फवार्ड बने भने लुइस स्वारेज उत्कृष्ट वर्ल्ड प्लेयर बने । रियल मड्रिडका लुका मोडरिक उत्कृष्ट मिडफिल्डर बने । रोनाल्डो भने यो पटक खाली हात रहे । उनी गत वर्ष उत्कृष्ट फवार्ड घोषित भएका थिए ।

antoni grijmyan Fooball la liga leonal messi