राजनीति

लोकमानलाई नियुक्ति गर्नु गल्ति थियो, महाअभियोगबाट हटाएर गल्ति सच्याउनु पर्छ– कांग्रेसी नेताहरु

लोकमानलाई नियुक्ति गर्नु गल्ति थियो, महाअभियोगबाट हटाएर गल्ति सच्याउनु पर्छ– कांग्रेसी नेताहरु

congressकात्तिक ५ । नेपाली कांग्रेसका नेताहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान स्रिंह कार्कीविरुद्ध संसदमा प्रस्तुत महाअभियोग प्रस्तावको सदुपयोग गर्नुपर्ने पक्षमा देखिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा बिहीबार शुरु केन्द्रीय समिति बैठकमा नेताहरुले महाअभियोग प्रस्ताव पारि गरेर विगतको गल्ति सच्याउने उपयुक्त समय आएको धारणा राख्दै यसको पक्षमा उभिनुपर्ने बताएका हुन् ।

स्वास्थ्यमन्त्री समेत रहेका केन्द्रीय सदस्य गगनकुमार थापा र विश्वप्रकाश शर्माले आयोग प्रमुखबाट कार्कीलाई हटाउने उपयुक्त अवसर आएकाले पार्टीले दायाँ बायाँ नगरी संसदबाट महाअभियोग प्रस्ताव पारित गर्न नेतृत्व गर्नुपर्ने धारणा राखे । –नागरिक दैनिकबाट