राजनीति

दसैंमा टीकासमेत नलगाउने नास्तिक प्रधानमन्त्रीले भारतमा भेटेछन देउता, नपत्याए पढ्नुहोस्

दसैंमा टीकासमेत नलगाउने नास्तिक प्रधानमन्त्रीले भारतमा भेटेछन देउता, नपत्याए पढ्नुहोस्

prachandaकात्तिक २ । शनिबार साँझ चिनियाँ राष्ट्रपति सि जिनपिङसँग औपचारिक वार्ता सकिएपछि हामी आफू बस्ने होटलमा फर्किन लागेका थियौं । प्राविधिक कारणले केही बेर वार्ता भएकै स्थान नजिक विशेष प्रतीक्षा कक्षमा हामीले कुर्नुपर्यो । प्राविधिक कारण भन्नाले व्रिक्स सदस्य देशका सरकार÷राष्ट्रप्रमुख त्यहीबाटोबाट आउनुपर्ने भयो । परराष्ट्रमन्त्रीजीलगायत अरु नेपाली टोली बाहिरियो ।

विशेष प्रतीक्षा हलमा बसिरहेको थिएँ, चीनका राष्ट्रपति म भएकै स्थानमा आइपुग्नुभयो । समय मिलाएर चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग अलगअलग वान टु वान कुरा गर्न मन लागिरहेको थियो ।

त्यहाँ त ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । म बरिराखेकै ठाउँमा चीनका राष्ट्रपति आएपछि उहाँसँग हार्ट–टु–हार्ट कुरा भयो । मैले उहाँलाई नेपाल भ्रमणमा आउनु पर्छ भने । हिजो चीनसँग भएका सहमति, सम्झौता कार्यान्वयन र नेपालको विकासको आवश्यकता, शान्तिप्रक्रिया टुंग्याउने र संविधानका विषयमा २० मिनेटजति कुराकानी भयो । त्यो बिल्कुलै अनौपचारिक कुराकानी थियो ।

–प्रधानमन्त्री दाहालले सोमबार त्रिभुवन विमानस्थलमा चिनियाँ राष्ट्रपतिसँग भएको भेटबारे दिनुभएको जानकारी अन्नपूर्णपोस्टबाट