कला साहित्य

कार्टुनको विश्व इतिहास जान्नुहोस्, बेग्लै आनन्द लिनुहोस्

कार्टुनको विश्व इतिहास जान्नुहोस्, बेग्लै आनन्द लिनुहोस्
cartoon-history-nepalaaja-01
कार्टुन काँडा हो, सँगै फुल पनि । कार्टुन, क्याक्टसको प्रतिबिम्ब हो जसको आङभरी काडा हुन्छ र मरुभुमिमा पनि जीवनको आशा जीवित राख्दछ । कुनै कुराको नक्कल गरी बनाइएको ब्यङ्ग्य र बिनोद मिश्रित चित्रलाई सामन्यतया कार्टुन भनिन्छ । यसको प्रयोग हिजोआज टेलिभिजन र वेभसाइटमा पनि हुन थालेको छ । कार्टुन मूलतः छापा पत्रकारिताकासँग सम्बन्धित छ । आज हामी कार्टुनको विश्व इतिहासका विविध पाटा केलाउने प्रयास गदैछौं । इटालियन शब्द cartone र डच शब्द karton कार्टोन बाट अंग्रेजी शब्द कार्टुन बनेको हो । कार्टोनको अर्थ कडा गह्रुँगो कागज वा सूचना पार्टी (pasteboard) हुन्छ । कागजको गुणको आधारमा यसमा कोरिएका चित्रहरुलाई कार्टोन भनियो । अर्को तर्फ, कार्टुनको जन्म क्यारिकेचरबाट भएको मानिन्छ । इटालिएन शब्द क्यारिकेचरको अर्थ केही हास्य ब्यङ्ग्य भन्ने हुन्छ । शुरुका दिनमा रेखाचित्रको माध्यमबाट कसैको प्रवृत्ति प्रति घोचपेच गर्नुलाई क्यारिकेचर भनिन्थ्यो । यसैको परिमार्जित रुपलाई क्रमशः कार्टुन भन्न थालियो । आजको दिनसम्म आइपुग्न कार्टुनकलाले थुप्रै घुम्ति पार गरेको छ । सन् १७८८ मा जन्मेका ब्यङ्ग्य र बिनोदका माहिर अंग्रेजी कवि लर्ड बाइरनको भनाइले कार्टुनको महत्व जनाउंछ । उनको भनाईले तात्कालिन पश्चिमा समाजमा हास्यब्यङ्ग्यको प्रवाभलाई बोध गराउँदछ – हास्यकला एकमात्र त्यस्तो हतियार हो जसलाई अग्रेजी वातावरणले खिया लगाउन सक्दैनcartoon-history-nepalaaja-02 इजिप्टका प्राचिन पर्खाल वा फुलदानी वा भाँडाहरुमा कोरिएका हास्यचित्रहरुलाई कार्टुनकलाका प्रेरक मानिन्छ । विश्व प्रसिद्ध कलाकार लियो नार्दो दा भिन्सीले १५ औं सताब्दीको मध्यतिर बनाएका कार्टुन चित्रमा युद्धको कुरुप देख्न सकिन्छ । ब्यङ्ग्य चित्रको इतिहास कोट्याएर हेर्ने हो भने स्विस खेलको अर्को पाटो शिर्षकको काष्ठकला नै सम्भवतः सबैभन्दा पूरानो राजनीतिक ब्यङ्ग्य चित्र हो । दुखको कुरा यसका सजर्क आजसम्म पनि अज्ञात छन् । ५११ बर्ष अघि सन् १४९९ मा बनाइएको सो ब्यङ्ग्य चित्रमा राज्यसञ्चालकले खेललाई पनि स्वार्थसिद्धिको माध्यम बनाउछन् भन्ने सन्देश दिन खोजिएको छ । इरहाड सोएनले सन् १५२१ मा क्याथोलिक धर्मको आलोचना गर्दै धर्मसुधारको अभियान थालेका मार्टिन लुथरलाई दह्रो प्रहार गर्दै व्यङ्ग्यचित्र बनाएका थिए । सो व्यङ्ग्यचित्रमा राक्षसले १ जोडि सनही बजाउँदै गरेको देखिन्छ, र यसको तल पट्टी लुथरको मुहार देखाइएको छ । राक्षसको तालमा लागेर पवित्र धर्मलाई सुधारका नाममा कुरुप बनाउन खोजेको भन्दै लुथरलाइ ब्यङ्ग्य गरिएको छ । कतिपय विश्लेषकका अनुसार यो चित्रमा लुथरलाई ब्यङ्ग्य गरिएको छैन बरु क्याथोलिक चर्चका पादरीहरुको विकृत प्रवृत्तिलाई मार हानिएको छ । यसैगरि, चित्रकारहरुले समाजमा देखिएका संगति विसंगतिलाईे विभिन्न प्रतिकात्मक र रोमाञ्चक रेखाचित्रहरु कोर्दैं गए, जुन आधुनिक कार्टुनका लागि मार्गनिर्देशक् बने । सत्रौं सताब्धीको उत्तरार्धमा क्यारिकेचरका दुई हस्तिको इटालीमा जन्म भयोः करासी र पियर लियो घेजी । चित्रकलाबाटै जिविकोपार्जन गर्ने पहिलो चित्रकारको रुपमा उनीहरुलाई चिनिन्छ । उनीहरुबाट नै आधुनिक कार्टुनले आकार लिन थालेको मानिन्छ । cartoon-history-nepalaaja-03विलियम होगार्थ पहिलो ब्रिटिस कलाकार हुन् जसले ब्यङ्ग्यको दायरा फराकिलो पारे । तत्कालिन समयमा सबैभन्दा धेरै ब्यङ्ग्यकला उत्पादन गर्ने जसपनि उनैलाई जान्छ । होगार्थका चित्रमा त्यस समयका सामाजिक विकृति र विसंगतिलाई तिखो ब्यङ्ग्य गरेको पाइन्छ । होगार्थले बेश्याको प्रगति शिर्षकको ब्यङ्ग्य चित्रको श्रृखलामा एउटी गाउकी केटी शहर छिरे पछि धन कमाउनका लागि बेश्याबृत्तिमा लागेको देखाएका छन् । ब्रिटिस समाज बेश्यावृत्तिको जालोमा पर्दै गरेको समयमा सो ब्यङ्ग्य श्रृखंला निक्कै चर्चित रह्यो । त्यस्तै ब्यभिचारी ठूलाबडा र धनी ब्यक्तिलाई ब्यङ्ग्य गर्दै होगार्थले कामुक ब्यक्तिको प्रगति शिर्षकमा चित्रहरु तयार पारेका थिए । आवरणमा सभ्य देखिने तर सारमा यौन पिपासु भद्रभलाद्दमीका कारणनै बेलायतमा बेश्याबृत्ति मौलाएको बताइन्छ । cartoon-history-nepalaaja-04 होगार्थ का सफल अनुवाइका रुपमा टामस रोवाल्डसन र जेम्स् गीलरेलाई मानिन्छ । सन् १७५६ मा लण्डनमा जन्मेका रोवाल्डसनले विशेष गरी राजनीतिलाई तारो बनाए । विश्व चर्चित युद्ध कमाण्डर नेपोलिएन बोनापार्टलाई समेत उनले बाँकी राखेन्न । रोवाल्डसनका समकालिन सर्जक जेम्स् गिलरीले राजनीतिक ब्यङ्ग्यमा त कब्जा नै जमाएका थिए । शोषक वर्ग र राजनीतिकर्मीलाई चित्र मार्फत कुरी कुरी गर्नु त गिलरीको दैनिकी जस्तै थियो । राजा जर्ज तेश्रो र जर्ज चौंथोलाई गिलरीले मज्जैले गिजाउथे । cartoon-history-nepalaaja-05कार्टुनको इतिहासमा मे ९, १७५४ भुल्नै नसकिने ऐतिहासिक दिन हो । अमेरिकी स्वतन्त्रता संग्रामका एक हस्थि वेञ्जामिन फ्रयाँक्लिनले सोही दिन बनाएको चित्र बास्तबमै एकताको प्रतिक बन्यो । यस चित्रमा विभिन्न राज्यमा टुक्रिएको र ब्रिटिस उपनिवेशको बन्धक बनेको अमेरिकालाई आठवटा टुक्रामा खण्डित सर्पसँग तुलना गरिएको छ । यसको क्याप्सनमा भनिएको छ: जुट या मर ! स्वतन्त्रता संग्रामको राप र ताप बढ्दै जाँदा हेर्दा साधरण तर अर्थका दृष्टिले असधारण सो चित्रको लोकप्रियता त्यसताका ब्यापक भयो । जुन आजसम्म पनि घटेको छैन । यसको प्रयोग अमेरिकी झण्डासँगै हुन थाल्यो । टाटुपनि बनाउन थालियो । लुगाफाटा, पैसा र पत्रिकाको माष्टहेडमा समेत यो चित्रको प्रयोग भयो । सन् १७९८ मा लिथोग्राफि प्रविधि आविश्कार भयो । प्रविधिको प्रयोग गर्न ब्यङ्ग्यकारहरु किन चुक्थे र ? लिथोग्राफिको प्रयोग गर्ने ब्यङ्ग्यकारमा फ्रान्सका होनरी डउमियरको नाम सबैभन्दा अगाडि आउँछ । सन् १८३२ मा राजा किङ लुइस फिलिपको कार्टुन चित्र बनाएका कारण डउमियर ६ महिना जेल बस्नुपर्यो । लिथोग्राफि अघिसम्म चित्रकला केही ब्यक्तिको सोख र भव्य भवनका सजावटको साधनमात्र थियो । प्रविधिको विकासले ब्यङ्ग्य चित्रको प्रभाव बढाइदियो । दरवारमा बस्नेदेखि घरबार नभएकाले सम्म ब्यङ्ग्य चित्रको रसस्वादन गर्न पाउने परिस्थिति बन्यो । वेलायतमा सन् १८२५,२६ मा नर्थन लुकिङ ग्लास नामक हास्य पत्रिका छापियो । विलियम हिथको सम्पादन र प्रकासनको यो पत्रिकालाई युरोपको पहिलो क्यारिकेचर म्याग्जिन मानिन्छ । cartoon-history-nepalaaja-06
सन् १८३० मा प्रकाशित हुन थालेको ला क्यारिकेचरले कार्टुनिष्ट चाल्र्स फिलिपोन लाई आधुनिक हसौली पत्रिकाको पिताको रुपमा स्थापित मात्र गराएन, कार्टुनको क्षेत्रमा बहार नै ल्याइदियो । उनले नै १८३२ मा अर्को हास्य पत्रिका ला चारीवारीको प्रकाशन थाले । फिलिपोन, डउमियर र अन्य चित्रकारहरु तत्कालिन शासक लुइस फिलिपप्रति निक्कै निर्दयी देखिए । फिलिपका एक एक कमजोरीको चियोचर्चो गरिरहे । डउमियरले राजा फिलिपलाई गार्गान्टुवा अर्थात राक्षसको रुपमा चित्रण गरे । १८३५ मा फ्रान्सको कानुनले ब्यक्ति केन्द्रित प्रहारलाई प्रतिबन्द लगायो । त्यसपछिका दिनमा कार्टुनिष्टहरु ब्यक्ति भन्दा पनि प्रवृत्तिका विरुद्ध खनिए । डउमियरको कार्टुन पात्र राटापोइललाई प्रवृत्ति विरुद्ध केन्द्रीत कार्टुनको उदाहरण मान्न सकिन्छ । सन् १८४१ मा बेलायतबाट प्रकाशित भएको पञ्च पत्रिकाले कार्टुनलाई औधी गुन लगायो । जोन लिचले बनाएका ब्यङ्ग्यचित्रले पञ्चमा महत्व पाए । कार्टुन र क्यारिकेचरका दृष्टिले सन् १८५० पछिका वर्षहरु निक्कै फलिफापपूर्ण रहे । कार्टुनलाई अखवारका पाठकहरुको नियमित खुराक बनाउने श्रेय अमेरिकाको पेनी प्रेसलाई र येलो किड अर्थात पहेंलो बच्चालाई जान्छ । अतिरञ्जित पत्रकारिता अर्थात पीत पत्रकारिताको जननी यही पहेंलो बच्चालाई मानिन्छ । cartoon-history-nepalaaja-08१९ औं सताब्दीको अन्त्यतिर फ्रान्समा प्रकाशित लि रिरे (le rire), जर्नल अमसान्ट जस्ता हास्य पत्रिका प्रकाशित भए, जसले कार्टुन विधालाई थप गति दिए । लि रिरेको अर्थ हाँसो हो । १९ औं शताब्दीको अन्त्यमा फोटोग्राफीको आविष्कारले हास्य र ब्यङ्ग्यकला मा नयाँ आयाम ल्यायो । चित्रलाई अर्थाउन प्रयोग हुँने शब्दको प्रयोग कम कम हुँदै गयो । कार्टुनमा हाँसो मात्रै होइन आँशु पनि हुन्छ । ब्यङ्ग्य मात्र होइन विचार पनि हुन्छ । कार्टुन अघिपछिको भन्दा अधिक तीखो हुन थाल्यो । डच नागरिक लुइस रेम्यकर्स, बिट्रेनका एडमण्ड सुलिभान र अष्ट्रिलियाका विल डाइसनले हृदयविदारक चित्र कोरे । सन् १९१४ मा अलफ्रेड लिटेले कोरेको तपाईको देशले तपाईलाई खोजेको छ  क्याप्सनको चित्र त्यति बेला खुबै लोकप्रिय भयो । सन् १९२० पछि त पश्चिमा पत्रिकामा कार्टुन अनिवार्य जस्तै भयो । अमेरिकामा १९२५मा न्यू योर्कर को प्रकाशन हुन थाल्यो । यसले कार्टुनलाई फरक दिशानिर्देश गर्यो । रङ र शैलीमा विविधता आयो । झण्ट हेर्दा असान्दर्भिक र अनौठा लाग्ने तर पहरो फोर्ने खालका कार्टुनको लोकप्रियता विश्वब्यापी भयो । cartoon-history-nepalaaja-07 दोस्रो विश्वयुद्धसँगै कार्टुनमा विविध आयाम थपिए । युद्धभिरुहरुले कार्टुनको प्रयोग प्रचारबाजी र एक अर्काका विरुद्धमा गरे । न्युजिल्याण्डका ड्याभिड लो ले त कमाल नै गरे । लोले कार्टुन मार्फत नाजी र सोभियत संघ बिच सन् १९३९ मा भएको सहमतिको खोइरो खने । जोहनेस गुटनवर्गले १५ औं शताब्दीको मध्यमा पहिलो छापा यन्त्रको आविश्कार गरे यता छापा प्रविधिमा काया पलट नै भएको छ । उच्च प्रविधिको विकास सँगै कार्टुनकलाले पनि छल्याङ् मारेको छ । कार्टुन भिडियोको प्रचलन बढ्दो छ । हिजोआज क्याप्सन अर्थात सहयोगी शब्द विना कै कार्टुन छापिन थालेका छन् । आफैंमा पूर्ण चित्र ! प्रस्तुतिः नारायाण पौडेल
cartoon biswa itihaas cartoon history

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्